close

गुगलको बग बाउन्टीबाट एक वर्षमै ह्याकरले कमाए ७८ करोड

टेकपाना टेकपाना

माघ २३, २०७७ ११:४८

गुगलको बग बाउन्टीबाट एक वर्षमै ह्याकरले कमाए ७८ करोड

काठमाडौं । गुगलले बग बाउन्टी नाममा सन् २०२० मा मात्रै ६.७ मिलियन अमेरिकी डलर अर्थात ७८ करोड २२ लाख रूपैयाँभन्दा बढी रकम ह्याकरलाई उपलब्ध गराएको जनाएको छ ।

गुगलका विभिन्न सर्भिसमा रहेको सुरक्षा कमजाेरी पत्ता लगाएकाे भन्दै ६२ देशका ६ सय ६२ जना सुरक्षा अनुसन्धानकर्मीलाई कम्पनीले उक्त रकम उपलब्ध गराएको हो ।

गुगलले बग बाउन्टीकाे नाममा एक वर्षको अवधिमा यति धेरै रकम बुझाएको अहिलेसम्मकै धेरै हो । कम्पनीका अनुसार सन् २०२० मा सबैभन्दा बढी गुगल क्रोममा देखिएको त्रुटि देखिएको थियो ।

गुगल क्रोममा गत वर्ष ३ सय वटा बग देखा परेका थिए । उक्त बग पत्ता लगाएबापत मात्रै २१ लाख अमेरिकी डलर अर्थात् करिब २४ कराेड ५२ लाख रूपैयाँ भुक्तानी गरिएको थियाे । भने, दोस्रो बग गुगलकाे एन्ड्रोइड अपरेटिङ सिस्टममा पत्ता लागेकाे थियाे ।

जसमा कम्पनीले १७ लाख ४० हजार अमेरिकी डलर अर्थात २० कराेड ३१ लाख रूपैयाँभन्दा बढी भुक्तानी गरेको जनाएको छ ।

त्यस्तै गुगल प्ले स्टोरमा रहेको समस्या पत्ता लगाएबापत कम्पनीले २७ लाख डलर अर्थात् ३२ कराेड ४३ लाख रूपैयाँभन्दा बढी भुक्तानी गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१