close

कुनै पोर्ट र बटन नभएको साओमीको कन्सेप्ट फोन, जसमा हुनेछ चारैतिर ‘वाटरफल’ डिस्प्ले

टेकपाना टेकपाना

माघ २३, २०७७ १५:२३

कुनै पोर्ट र बटन नभएको साओमीको कन्सेप्ट फोन, जसमा हुनेछ चारैतिर ‘वाटरफल’ डिस्प्ले

काठमाडौं । स्मार्टफाेन प्रयोगकर्तामाझ नयाँ फिचर ल्याउने कम्पनीहरूमा साओमीकाे पनि नाम लिइन्छ । पछिल्लाे पटक याे कम्पनीले एउटा नयाँ स्मार्टफाेनकाे अवधारणा अघि सारेकाे छ ।

साओमीले प्रस्तुत गरेकाे यस्ताे कन्सेप्ट फाेनमा क्वाड-कर्भ्ड वाटरफल डिस्प्ले रहेकाे छ । कम्पनीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डल र ब्लगमार्फत यस कन्सेप्ट फोनको विषयमा जानकारी दिएकाे छ ।

यस्तो खालको स्किृन डिजाइनले नयाँ भिजुअल इन्टरफ्रेस प्रदान गर्नेछ, जसमा फोनको सतहमा पानी बगिरहेको महसुस गर्न सकिन्छ । साथै याे फाेनमा कुनै पाेर्ट र बटन हुनेछैन ।

कम्पनीले सार्वजनिक गरेको कन्सेप्ट फोनको फोटो तथा भिडियोका आधारमा हेर्ने हो भने फोनको डिस्प्ले ८८ डिग्रीमा चारैतिर कर्भ भएको देखिन्छ ।

मोबाइल उद्योगमा कर्भ डिस्प्ले कुनै नयाँ विषय भने होइन । तर, चारैतिर कर्भ सहित वाटरफल डिस्प्ले प्रयाेग भने यसअघि भएकाे छैन ।

यस्ताे छ भिडियाे

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१