काठमाडौं । एकजना ह्वाइट ह्याट ह्याकर (साइबर सुरक्षा अनुसन्धानकर्मी) ले हालसम्मकै सबैभन्दा ठूलो बग बाउन्टी रिवार्ड प्राप्त गरेका छन् ।
गत फेब्रुअरी ३ मा आर्मोर फाइ (Armor Fi) कम्पनीले एलेक्जेन्डर स्लिनड्वाइन नामका ह्वाइट ह्याट ह्याकरलाई आफ्नो स्मार्ट कन्ट्रयाक्टमा संवेदनशील बग पत्ता लगाएको भन्दै १५ लाख अमेरिकी डलर अर्थात् करिब साढे १७ कराेड रूपैयाँ प्रदान गरेको हो ।
उक्त इन्स्योरेन्स ब्रोकरेज प्लेटफर्म ‘आर्मर फाइ’ लाइभमा जानुअगाडि एलेक्जेन्डरले सो बग पत्ता लगाएका थिए ।
यदि उक्त बगकाे सेक्युरिटी प्याच नगरी यत्तिकै छाडिएको थियो भने त्यसले एक डलरको मात्र कभरेज भएको खराब पात्रलाई आर्मर फाइको अण्डरराइटिङ कन्ट्रयाक्टको सम्पूर्ण कोष नै चोरी गरेर लग्न अनुमति दिने थियो ।
यसलगत्तै कम्पनीले एलेक्जेन्डरलाई १० लाख आर्मर टोकन प्रदान गरेको छ । उक्त बाउन्टी रिवार्डको घोषणाको समयमा १० लाख टोकनको मूल्य ७ लाख डलर थियो ।
1/ @ArmorFi's bug bounty has been a huge success!
— Armor.Fi (@ArmorFi) February 3, 2021
Alexander Schlindwein @bobface16, CTO of Idea Markets, found a critical bug before it went fully live!
The bug (which would have affected successful claim payouts) was immediately fixed and did not affect any staked assets. https://t.co/crctbwZSpw
तर नयाँ बग बाउन्टी र सेक्युरिटी प्याचको समाचार बाहिर प्रकाशित भएसँगै प्लेटफर्मप्रति मानिसहरुको विश्वास बढ्यो, जसले टोकनको मूल्य १.५८ डलरले बढाइदियो ।
यससँगै एलेक्जेन्डरको कुल टोकनको मूल्य १५ लाख डलर हुन गएको छ । जसले यो बाउन्टीलाई हालसम्मकै सबैभन्दा ठूलो बाउन्टी रिवार्ड बनाएको छ ।
यस किसिमका बाउन्टीहरुले कुनै पनि नयाँ प्लेटफर्म लाइभ जानुअघि बग पत्ता लगाउन ह्याकरहरुलाई ठूलो उत्साह प्रदान गरेको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
