close

सामसङ ग्यालेक्सी एस २१ सिरिजको बिक्री सुरु, बिना ब्याज किस्तामा किन्न पाइने

टेकपाना टेकपाना

माघ २६, २०७७ १६:१

सामसङ ग्यालेक्सी एस २१ सिरिजको बिक्री सुरु, बिना ब्याज किस्तामा किन्न पाइने

काठमाडाैं । स्मार्टफोन ब्राण्ड सामसङले नेपाली बजारमा पछिल्लाे फ्ल्यागशिप ग्यालेक्सी एस२१ सिरिजकाे बिक्री सुरू गरेकाे । यसअन्तर्गत ग्यालेक्सी एस२१ अल्ट्रा, ग्यालेक्सी एस२१ र ग्यालेक्सी एस२१ प्लस को बिक्री सुरु गरिएकाे कम्पनीले जनाएकाे छ ।

बोल्ड डिजाइन, स्टेट अफ द आर्ट इनोभेसनको साथ उच्चस्तरीय प्रविधिको प्रयोगले यी फोनहरुले वास्तवमै दैनिक जीवनलाई अझै उत्कृष्ट एवं सहज तुल्याउने कम्पनीको दाबी छ ।

यी फोनहरुमा उपलब्ध भएका प्रो ग्रेड क्यामेरा सिस्टम तथा ब्राइटेस्ट, इन्टलिजेन्ट डिस्प्ले लगायत विभिन्न सुविधाहरुले प्रयोगकर्ताहरुका हरेक पलहरुलाई अझै यादगार बनाउने कम्पनीको भनाइ छ ।

नयाँ एस२१ सिरिजमा विभिन्न आकर्षक, आधुनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामेरा, भिडियो एवं हालसम्मकै शक्तिशाली प्रोसेसर राखिएको छ ।

यसमा विभिन्न ग्राउन्ड ब्रेकिङ्ग फिचरहरु रहेका छन् । सामसङ ग्यालेक्सी एस२१ तथा एस२१ प्लसमा प्रो–ग्रेड क्यामेरा तथा नयाँ एस २१ अल्ट्रामा उपल्लो तहका विशेषता छन् ।

यसमा एडभान्स प्रो ग्रेड क्यामरा तथा इन्टेलिजेन्ट डिस्प्ले रहेको छ । ‘एस’ सिरिज अन्तर्गत पहिलो पटक एस पेन पनि रहेको छ ।

प्रयोगकर्ताको हरेक क्षणलाई रमणीय र पृथक अनुभूति प्रदान गर्न सामसङको यस फोनमा एकदमै नयाँ प्रविधि, आइडिया तथा फिचरको प्रयोग गरिएकाे कम्पनीले उल्लेख गरेकाे छ ।

उसका अनुसार नयाँ ग्यालेक्सी एस २१ सिरिजमा एकदमै अभूतपूर्व, आइकोनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामेरा, भिडियो र अहिलेसम्मकै शक्तिशाली प्रोसेसर छ ।

यस सिरिजमा भएको एस पेनले फोनको फ्ल्यागशिपको अनुभूतिलाई छुट्टै स्तरमा पुर्‍याउने दाबी कम्पनीकाे छ ।

सिरिजको बेस भेरियन्टको डिजाइनको कुरा गर्दा यसमा ६.२ इन्चको डिस्प्ले छ, जसमा एज टु एज डाइनामिक एमोलेड टु एक्स इन्फिनिटी ओ डिस्प्ले र १२० हर्जको रिफ्रेस रेट छ ।

यस्तै दोस्रो मोडल एस २१ प्लसमा ६.७ इन्चको डिस्प्ले, शक्तिशाली ब्याट्री छ, जुन गेमर तथा भिडियो हेर्न रुचाउनेका लागि राम्रो छ ।

यस्तै अल्ट्रा मोडलमा ६.८ इन्चको डाइनामिक एमोलेड टु एक्स डिस्प्ले छ । यसमा १२० हर्जको रिफ्रेस रेट, क्वाड एचडी प्लेस डिस्प्ले सहित इन्टेलिजेन्ट स्क्रिन छ ।

यी सबै फोनको स्क्रिनमा ‘आइ कम्फर्ट सिल्ड’ छ, जसले आँखा गल्ने समस्याबाट प्रयोगकर्तलााई सुरक्षा दिन्छ ।

यसैबीच मोबाइल क्षेत्रमा पहिलो पटक सामसङले शुन्य प्रतिशत ब्याजमा ईएमआई पेश गरेको छ । यस सुविधा अन्तर्गत कम्तीमा रु. ९२०० को १२ किस्ता ग्राहकले तिर्नुपर्ने हुन्छ ।

सामसङको ब्राण्ड स्टोरबाट सहजै प्राप्त गर्न सकिने किस्तावन्दी योजना नेपालका बैंकहरु एनआईसी एसिया, एनआईबीएल, नबिल, सानिमा र ग्लोबल आईएमई बैंकमार्फत लिन सकिन्छ ।

मूल्यकाे कुरा गर्दा १२ जीबी र्‍याम र २५६ जीबी इन्टरनल स्टोरेज सहितको अल्ट्राको मूल्य एक लाख ५४ हजार ९९९ रहेको छ ।

त्यस्तै ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेजको एस २१ प्लसको मूल्य १ लाख २९ हजार ९९९ रहेको छ ।

त्यस्तै बेस भेरियन्ट (एस २१) को मूल्य १ लाख ९ हजार ९९९ रहेको छ । यसमा ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१