close

ह्वावेका सीईओको बाइडेनसँग वार्ता गर्ने चाहना

टेकपाना टेकपाना

माघ २८, २०७७ १३:४८

ह्वावेका सीईओको बाइडेनसँग वार्ता गर्ने चाहना

काठमाडौं । ह्वावेका संस्थापक तथा सीईओ रेन जेङफीले अमेरिका र चिनियाँ प्रविधि कम्पनीबीचको सम्बन्ध सुधारको आह्वान गरेका छन् ।

धेरै वर्षपछि पहिलोपटक अन्तर्राष्ट्रिय मिडियासँग बोल्दै रेनले नवनियुक्त राष्ट्रपति जो बाइडेनसँग वार्तालापको इच्छा जाहेर गरेका छन् । साथै उनले नयाँ प्रशासनबाट खुला नीतिको समेत अपेक्षा राखेका छन् ।  

बाइडेनसँग आपसी विकासका बारेमा कुरा गर्न चाहेको उनले बताए । अमेरिका र चीन दुवैले आफ्नो अर्थतन्त्रलाई विकास गर्दै समाज र वित्तीय सन्तुलनका लागि काम गर्नुपर्नेमा उनकाे जाेड छ ।

चिनियाँ उपभोक्तालाई वस्तु निर्यात गर्न अमेरिकी कम्पनीहरुलाई अनुमति दिँदा त्यसले अमेरिकाकै वित्तीय क्रियाकलापलाई बढावा दिने उनले बताए । 

‘यदि ह्वावेको उत्पादन क्षमता विस्तार भयो भने अमेरिकी कम्पनीहिरुले अझ धेरै बिक्री गर्न पाउँछन् । यो एउटा दुवैतिरको जीतको अवस्था हो,’ रेन भन्छन् ‘मलाई विश्वास छ आफ्नो नीतिलाई अगाडि बढाउनुअघि अमेरिकाकाे नयाँ प्रशासनले आफ्नो स्वार्थलाई तौलिनेछ र सन्तुलित बनाउने छ ।’

उनले अमेरिकी कम्पनीहरुबाट विभिन्न पाटपुर्जा र मसिनरी सामग्री किन्ने अपेक्षा गरेको र यसले अमेरिकी कम्पनीलाई चिनियाँ अर्थतन्त्रसँगै विकास गराउने उनले बताएका छन् । 

अघिल्लो ट्रम्प प्रशासनले ह्वावेलाई कमर्श ट्रेड विभागको कालोसूचीमा राखेयता ह्वावेले अमेरिकी कम्पनीहरुसँग व्यवसाय गर्न सकिरहेको छैन । 

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१