close

स्वदेशी वस्तुहरुको अनलाइन मेला ‘मेड इन नेपाल’ सुरु, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

फागुन १, २०७७ १५:१६

स्वदेशी वस्तुहरुको अनलाइन मेला ‘मेड इन नेपाल’ सुरु, यसरी हुनुहोस् सहभागी

काठमाडौं । नेपालमै उत्पादित बस्तु तथा सामग्रीहरुको ब्राण्डलाई प्रवर्द्धन तथा बजारीकरण गर्न शनिबारदेखि ‘मेड इन नेपाल’ अनलाइन मेला सुरु भएको छ । ईकमर्श कम्पनी अर्डर नाउ ले आयोजना गरेको यो मेला चैत्र १ गतेसम्म चल्नेछ । 

मेलामा स्वेदेशमा उत्पादित वस्तुहरुको मात्र अनलाइन प्रदर्शन गरिने अर्डर नाउका संस्थापक मनोज पन्थीले बताए । मेलामा घरेलु उत्पादित सबै किसिमका उपभोग्य वस्तु, कृषिजन्य उत्पादन, महिला उद्यमी तथा स्थानीय उद्योगहरुको उत्पादन, नेपाली हस्तकला तथा नेपाली लत्ताकपडाहरु राखिएको छ । 

हालसम्म मेलामा ३५ भन्दा धेरै उद्यमी तथा उनीहरुको वस्तु सामग्री जोडिएका छन् । सो मेला हाल अर्डर नाउको वेबसाइट र फेसबुकमार्फत प्रदर्शन भइरहेको छ । वेबसाइटको मेड इन नेपाल कोलमभित्र गएर अनलाइन मेला हेर्न सकिन्छ । 

उक्त मेलामा ५० भन्दा धेरै उद्यमी तथा उनीहरुको उत्पादनलाई जोड्ने मेलाको लक्ष्य रहेको आयोजक संस्था अर्डर नाउले बताएको छ । अहिले पनि थप १५ संस्थाहरुलाई जोड्ने प्रक्रिया अघि बढिरहेको पन्थीले टेकपानालाई जानकारी दिए ।

मेला मार्फत उपभोक्ताले आफूलाई मनपरेको सेवा तथा वस्तुहरु किनबेच समेत गर्न सक्ने कम्पनीले बताएको छ । 

मेलामा जोडिन आएका उद्यमीहरुको वेबसाइटमा प्रोफाइल निमार्ण गरिदिनुका साथै अनलाइन प्लेटफर्म प्रयोग तथा स्टक क्लियरेन्स सम्बन्धी डिजिटल ज्ञान समेत प्रदान गरेको संस्थापक पन्थीले बताए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३