close

नेपालका बिनित घिमिरेले पत्ता लगाए फेसबुककाे डीएनएस रेकर्ड भल्नरेबिलिटी

टेकपाना टेकपाना

फागुन ५, २०७७ १६:५५

नेपालका बिनित घिमिरेले पत्ता लगाए फेसबुककाे डीएनएस रेकर्ड भल्नरेबिलिटी

काठमाडौं । भरतपुर चितवनका साइबर सुरक्षा अनुसन्धानकर्ता बिनित घिमिरेले फेसबुकमा रहेको डीएनएस रेकर्ड भल्नरेबिलिटी पत्ता लगाएका छन् ।

उक्त भल्नरेबिलिटीलाई दुरुपयोग गरेर खराब पात्रले सब डोमेन टेकओभर गर्नसक्ने पाएपछि २०२० को डिसेम्बरमा बिनितले उक्त सुरक्षा कमजोरीको रिपोर्ट फेसबुकमा गरेका थिए । 

उनको रिपोर्टलाई फेसबुकले मंगलबार सदर गर्दै ५०० अमेरिकी डलर अर्थात् ५८ हजार नेपाली रुपैयाँको पुरस्कार प्रदान गरेको छ । यससँगै उनी फेसबुकको ह्वाइटह्याट थ्याङ्क्स पेजमा लगातार तीनपटक फिचर हुने तेस्रो नेपाली बन्न सफल भएका छन् । 

यूनाइटेड टेक्निकल कलेजमा कम्प्युटर इन्जिनियरिङको अन्डरग्रजुएट छात्र बिनित फुल स्ट्याक वेब डेभलपर तथा वेब नेटवर्क पेनिट्रेसन टेस्टर हुन् । 

फेसबुक बाहेक विश्वभरका ७० वटा विभिन्न बहुराष्ट्रिय कम्पनी, संस्था तथा विश्वविद्यालयहरुबाट रिवार्ड तथा एक्नलेजमेन्ट पाइसकेकाे उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३