close

फोनमा ‘शेयर इट’ एप छ भने तुरुन्तै हटाउनुहोस्, ह्याकरले चोर्दै छन् तपाईंको संवेदनशील डेटा

टेकपाना टेकपाना

फागुन ६, २०७७ १२:६

फोनमा ‘शेयर इट’ एप छ भने तुरुन्तै हटाउनुहोस्, ह्याकरले चोर्दै छन् तपाईंको संवेदनशील डेटा

काठमाडौं । विश्वव्यापी रुपमै लोकप्रिय एप ‘शेयर इट’ मा सुरक्षा कमजोरी फेला परेको छ । साइबर सुरक्षा कम्पनी ट्रेन्ड माइक्रोले तीन महिनासम्म गरेको एक अध्ययनपछि यो एपको एन्ड्रोइड भर्सनमा गम्भीर खालका सुरक्षा कमजोरी भएको तथ्य बाहिरिएको हाे ।

अध्ययन प्रतिवेदन अनुसार गलत प्रवृत्तिका ह्याकरले एपमा सजिलै पहुँच प्राप्त गरी प्रयोगकर्ताको डेटा चोर्न सक्नेछन् । ‘ह्याकरहरूले यो एपमा मालवेयर इन्फेक्टेड कोड प्रयोग गरेर डेटा हाइज्याक गर्न सक्दछन्,’ ट्रेन्ड माइक्राेका अनुसन्धानदाता एचाे दुअनले भने ।

याे सुरक्षा कमजोरीबारे कम्पनीले गुगललाई जानकारी दिइसकेको छ । यद्यपि गुगलबाट यस एपका लागि कुनै कदम चालिएको छैन । ट्रेन्ड माइक्रोले शेयर इट एपको कम्पनीलाई समेत यसबारे जानकारी दिएको छ । तर याे सुरक्षा त्रुटि समाधान गर्ने विषयमा उसले केही प्रतिक्रिया दिइसकेको छैन ।

यसकारण अहिलेका लागि उत्तम उपाय भनेकाे तत्कालै फाेनबाट याे एप अनइन्स्टल गर्नु नै हाे । शेयर इटले प्रयोगकर्ताको फोनको स्टोरेज, क्यामेरा, माइक्रोफोन, लोकेशन आदिबारे सूचना लिने गरेको छ । साथै एपमा लगईन गरेर प्रयोगकर्ताले थुप्रै काम गर्न सक्छन् ।

यस्तो अवस्थामा ह्याकरले सबै डेटामथि पहुँच प्राप्त गर्दा फाेनमा रहेका संवेदनशील डेटा दुरूपयाेग हुने सम्भवना रहन्छ ।

हाल यो एपका विश्वभर १८० करोड प्रयोगकर्ता रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३