close

गुगल अकाउन्टको स्टोरेज फुल भयो ? यसरी गर्नुहोस् खाली

टेकपाना टेकपाना

फागुन ६, २०७७ २२:४२

गुगल अकाउन्टको स्टोरेज फुल भयो ? यसरी गर्नुहोस् खाली

काठमाडौं । गुगलले आगामी आफ्नो स्टोरेज नीतिमा ठूला सुधारहरु ल्याउने घोषणा गरेको छ । यी सुधारले हालका गुगल तथा जिमेल अकाउन्ट होल्डरमा ठूलो प्रभाव पार्ने छ ।

गुगलले जुन २०२१ देखि गुगल फोटोजमा प्रदान गर्दै आइरहेको फ्रि अनलिमिटेड हाई–क्वालिटी फोटो ब्याकअप अप्सनलाई बन्द गर्नेछ । यस्तै, गुगल सिट्स, डक्स, फर्म्स वा अन्य गुगल सेवामा बनाइएका सबै नयाँ फाइल डक्युमेन्टहरु जुनदेखि १५ जीबी स्टोरेज कोटामा अटाउन सक्ने छैनन् ।

यस्तै, अर्को ठूलो परिवर्तन भनेको यदि तपाई गुगलको सेवाहरु जस्तै जिमेल, गुगल फोटोमा लामो समयदेखि निर्भर हुनुहुन्छ भने तपाईको १५ जीबी डेटा चाँढै पूरा हुँदैछ । यदि तपाई गुगलको आउँदै गरेको स्टोरेज नीतिदेखि चिन्तित हुनुहुन्छ भने जिमेल र फोटोजमा भएका जङ्क फाइलहरु डिलिट गरेर स्टोरेज स्पेस खाली गर्नुहोस् ।

यसबाहेक आज हामी तपाईलाई आफ्नो गुगल र जिमेल अकाउन्टको स्टोरेजलाई खाली बनाउने तरिकाहरु सिकाउने छौं ।

१. प्रयोग भएको स्टोरेजको ओभरभ्यू पाउनुहोस्

आफ्नो गुगल अकाउन्टको स्टोरेजलाई खाली गर्नुअघि स्टोरेज कसरी प्रयोग भइरहेको त्यो कुराको ओभरभ्यू (अवलोकन) गर्नुहोस् । कहिलेकाँही तपाई‌ंले धेरै वर्ष अघि अपलोड गरेका ठूला फाइल र गुगल फोटोजमा अपलोड गरेको तस्बिरहरुले पनि ती स्टोरेजमा ठाउँ ओगटेको हुनसक्छ ।

गुगल सर्भिस ड्राइभ, फोटो र फेमिली शेयरिङमा प्रयोग भएको स्टोरेजको ओभरभ्यू हेर्न गुगल वान पेजमा जानुहोस् ।

२. गुगल स्टोरेज म्यानेजरको प्रयोग

गुगलको आफ्नै स्टोरेज म्यानेजर पनि छ । जसले गुगल अकाउन्टको तपाईको स्टोरेजलाई खाली गरिदिन्छ । यो म्यानेजरले प्रयोगकर्तालाई जिमेलको इमेल, स्पाम इमेल तथा ठूला फाइलहरु हटाउन ओभरभ्यू गर्ने सुविधा दिन्छ ।

३. पुराना इमेलहरुलाई हटाउनुहोस्

यदि तपाईं इमेल लामो समयदेखि प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंको जिमेलमा ठूला अट्याचमेन्टसँग धेरै पुराना थोत्रा फोहोरहरु थुप्रेर बसेको होला । यस्ता फोहोरले तपाईंको जिमेलमा कति स्पेस खाइरहेको हुन्छ । यस्ता इमेलहरुलाई डिलिट गर्नुहोस् ।

तपाईले जिमेलको सर्चबक्समा ‘hasMattachment’ सर्च गरेर अट्याचमेन्टसहितको इमेल फिल्टर गर्नसक्नुहुन्छ र त्यहाँ भएङ्का पुराना इमेललाई डिलिट गर्न पनि । साथै तपाईले ‘largerM10mb’ सर्च गरेर भारी तथा ठूला इमेलहरु पनि हटाउन सक्नुहुन्छ । भारी इमेलहरु खोजेर डिलिट गर्ने यो छिटो र सजिलो तरिका हो ।

साथै तपाईले मेलस्टोर प्रयोग गरेर पनि आफ्नो जिमेल अकाउन्टबाट महत्वपूर्ण तथा पुराना इमेलहरु तान्न सक्नुहुन्छ । यो एउटा निःशुल्क इमेल आर्काइभ सफ्टवेयर हो । एकपटक ल्याइसकेपछि तपाईले आफ्नो पुरै अकाउन्टको पुराना मेलहरु डिलिट गर्नसक्नुहुन्छ ।

४. गुगल फोटोजमा भएका फोटोलाई कम्प्रेस गर्नुहोस्

यदि फोटोको ओरिजिनल क्वालिटीका लागि गुगल फोटोजमा ब्याकअप राख्नु भएको छ भने त्यसलाई हाई क्वालिटी मोडमा बदल्नुहोस् । यसले तपाईंको सबै पुराना फोटोहरुलाई कम्प्रेस गर्दछ । ता कि तपाईको फोटो १५ जीबी स्पेस कोटामा आँट्न सकोस् ।

तर यसले २०२१ को जुनपछि काम गर्ने छैन । किनभने हाई क्वालिटी अपलोड फोटो फिचर हुने छैन । यद्यपि आफ्नो फोटो राख्दा सधै कम्प्रेस गर्न नभुल्नुहोस् । तर एउटा राम्रो विकल्प के छ भने तपाईंले रिकोभर स्टोरेज अप्सन प्रयोग गरी आफ्नो फोटो तथा भिडियोलाई हाई–क्वालिटीमा कम्प्रेस गर्नसक्नुहुन्छ ।

५. गुगल बीन खाली गर्नुहोस्

तपाईंले आफ्नो जिमेल वा गुगल ड्राइभबाट कुनै फाइल लिलिट गरिसकेपछि ति फाइल बीन वा ट्र्यासमा गएर बसेका हुन्छन् । त्यसबाट पनि ति फाइल डिलिट गरेपछि मात्रै तपाईंको स्टोरेज खाली हुन्छ ।

५. ब्याकप र सिङ्क प्रयोग गर्न बन्द गर्नुहोस्

यदि तपाईंले गुगल ब्याकअप वा सिङ्क प्रयोग गरी आफ्नो गुगल ड्राइभमा फाइल ब्याकअप गर्नुहुन्छ भने यस्तो बानी रोक्नुहोस् । तपाईले यसको सट्टा ड्रपबक्स प्रयोग गर्नुहोस् ।

ब्याकअपका लागि तपाईले अर्को जिमेल पनि खोल्नसक्नुहुन्छ । यदि तपाईको पीसीमा धेरै ठूला फाइलहरु छन् भने यसले तपाईको प्रमुख गुगल अकाउन्टमा धेरै ठाउँ नलिएको ठिक हुन्छ ।

६. गुगल वान स्टोरेज खरिद गर्नुहोस्

यदि माथिका सबै विधिबाट पनि तपाईको स्टोरेज खाली हुन सकेन भने गुगल वान प्रयोग गरी एडिसनल स्टोरेज खरिद गर्नुहोस् । यसको मूल्य पनि निकै कम छ । गुगलले तपाईलाई सय जीबी स्टोरेजका लागि प्रति महिना १.९९ डलर चार्ज गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१