close

१३ हजारमै ३ जीबी र्‍याम र ५ हजार एमएएच ब्याट्री भएको सामसङ एम०२ नेपाली बजारमा

टेकपाना टेकपाना

फागुन ११, २०७७ ११:२

१३ हजारमै ३ जीबी र्‍याम र ५ हजार एमएएच ब्याट्री भएको सामसङ एम०२ नेपाली बजारमा

काठमाडौं । सामसङले नेपालमा आफ्नो इन्ट्री लेभलकाे नयाँ फोन ग्यालेक्सी एम०२ सार्वजनिक गरेको छ । सस्ताे मूल्यमा आकर्षक फिचरसहित याे फाेन बजारमा उपलब्ध गराएकाे कम्पनीले जनाएकाे छ । 

कन्टेन्ट ब्राउजिङ, गेमिङका लागि नयाँ फिचर भएकाे याे एउटा मेगा इन्टरटेनर स्मार्टफोन भएकाे कम्पीकाे दाबी छ । अनलाइन पढ्न तथा भिडियो कल र कन्टेन्ट स्ट्रिमिङका लागि पनि यो एकदमै राम्रो छ । 

यसमा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री र मेडियाटेक ६७३९ शक्तिशाली प्रोसेसर छ ।क्यामेराको कुरा गर्दा २ मेगापिक्सलको म्याक्रो सेन्सर र १३ मेगापिक्सलको मेन क्यामेरा सहित डुअल रियर क्यामेरा छन् । साथै यसमा ५ मेगापिक्सलको सेल्फी क्यामेरा छ । 

यसमा ६.५ इन्चको एचडी प्लस इन्फिनिटी भी डिस्प्ले छ । यसको डिजाइन पनि स्लिक र हातमा मज्जाले ग्रिप बस्ने किसिमको छ । हाल यो कालो, निलो र खैरो रङ्गमा नेपाली बजारमा उपलब्ध छ । 

दुई भेरियन्टमा उपलब्ध यस फोनमा २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज भेरियन्टङ्को मूल्य ११ हजार ९९९ रहेको छ भने ३ जीबी र्‍याम र ३२ जीबी स्टोरेजको मूल्य १२ हजार ९९९ रुपैयाँ रहेको छ । यो फोन साेमबारदेखि देशभरका सामसङ ब्राण्ड पसल तथा खुद्रा स्टोरहरुमा उपलब्ध हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१