close

अनलाइनबाट प्राप्त पुलिस रिपोर्ट अब आफैं प्रिन्ट गर्न सकिने

टेकपाना टेकपाना

फागुन १६, २०७७ १६:२७

अनलाइनबाट प्राप्त पुलिस रिपोर्ट अब आफैं प्रिन्ट गर्न सकिने

काठमाडौं । अब प्रहरी प्रधान कार्यालयले अनलाइनमार्फत उपलब्ध गराउँदै आएको पुलिस क्लियरेन्स रिपोर्ट आफैं प्रिन्ट गर्न सकिने भएको छ । प्रहरीको कार्यलायकाे अपराध अनुसन्धान विभाग, चालचलन शाखाबाट प्राप्त अनलाइन रिपोर्ट आफैं प्रिन्ट गरेर सोझै परराष्ट्र मन्त्रालयबाटै प्रमाणीकरण हुने व्यवस्था मिलाइएको हो ।

यससँगै अब अनलाइनबाट प्राप्त पुलिस क्लिरियन्स रिपोर्ट सेवाग्राही स्वयम‌ले ए फोर साइजको स्तरीय कागजमा कलर प्रिन्ट गरी सोझै परराष्ट्र मन्त्रालयमा पेश गरी प्रमाणीकरण गराउन सक्नेछन् ।

१६ फागुनदेखि अनलाइनबाट प्राप्त पुलिस क्लियरेन्स रिपोर्ट सर्टिफिकेट स्तरीय कागजमा प्रिन्ट गरी प्रमाणीकरणका लागि परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागमा पेश गर्न प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ ।

यसअघि पुलिस रिपोर्टका लागि अनलाइन फाराम भर्न सकिने भए पनि रिपोर्ट लिन प्रहरी प्रधान कार्यालयमै पुग्नुपर्ने बाध्यता रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४