close

आईफोनभन्दा एन्ड्रोइड राम्रो : बिल गेट्स

टेकपाना टेकपाना

फागुन १७, २०७७ १४:४०

आईफोनभन्दा एन्ड्रोइड राम्रो : बिल गेट्स

काठमाडौं । मोबाइल अपरेटिङ सिस्टम आईओएस र एन्ड्रोइडमा कुन राम्रो भन्ने विषय सधैं चर्चा भइरहन्छ । यसैबीच अर्बपति एवं माइक्रोसफ्टका संस्थापक बिल गेट्सले एन्ड्रोइड र आईओएसको विषयमा आफ्नो धारणा राखेका छन् ।

क्लब हाउससँगको अडियो अन्तरवार्ताका क्रममा उनले आफू आईओएस भन्दा पनि एन्ड्रोइड फोन प्रयोग गर्न मन पराउने बताएका हुन् ।

उनले एन्ड्रोइडको इकोसिस्टमका साथै प्रयोगमा सहज हुनुका साथै सफ्टवेयरको इन्टरफेस पनि राम्रो लाग्ने बताए ।

‘म एन्ड्रोइड फोन प्रयोग गर्छु,’ उनले भने, ‘म हरेक कुरा ट्रयाकमा राख्न चाहन्छु । त्यसका लागि एन्ड्रोइड उपयुक्त छ । हुन त म धेरैजसाे आईफोनको वरिपरी हुन्छु । तर, मैले बोकेर हिँड्ने भनेको सधैं एन्ड्रोइड नै हो ।’

उनले अगाडि भने, ‘त्यसमा सुरुमै इन्स्टल भएर आउने माइक्रोसफ्टका कतिपय सफ्वेयर पनि छन् । जुन मेरो लागि अझ सहज पक्ष हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४