आउँदो जेठपछि नेपालमा अवैध मोबाइल नचल्ने

mobiles

काठमाडौं । आउँदो जेठ महिनाबाट नेपालमा अवैध मोबाइल नचल्ने भएका छन् । त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम–एमडीएमएस जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा बिहिबार आयोजितका कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडीएमएस जडान प्रक्रियाको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन् ।

उनले एमडीएमएस जडान, इन्स्टलेसन र स्थापनाको कार्य अगाडि बढिसकेको र अबको जेठबाट नेपालमा अवैध रुपमा भित्रिने मोबाइल नचल्ने बताए । प्राधिकरणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन विगत साढे चार वर्षदेखी इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ ।

पहिलो चरणमा मोबाइलको आईएमईआई दर्तालाई प्राथामिकता दिएको प्राधिकरणले अब दर्ता नभएको मोबाइल बन्द गर्ने कार्य केही महिनामै सुरु गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team