close

गुगललाई टक्कर दिन अब ब्रेभ ब्राउजरको आफ्नै सर्च इन्जिन

टेकपाना टेकपाना

फागुन २२, २०७७ ११:३२

गुगललाई टक्कर दिन अब ब्रेभ ब्राउजरको आफ्नै सर्च इन्जिन

काठमाडौं । गुगलको पकड सायद कहिल्यै पनि यति धेरै बलियो भएको थिएन । क्रोम ब्राउजरको ७० प्रतिशत र सर्च इन्जिनमा ९२ प्रतिशत बजार हिस्साले नै गुगलकाे वर्तमान स्थान कहाँ छ भनेर देखाउँछ ।

विश्वको शक्तिशाली कम्पनीमध्येको एक गुगलसँग यति धेरै डेटा र विज्ञापन आय छन् । गुगललाई मात दिन बजार छिर्न जुनसुकै कम्पनीको लागि आज ठूलै चुनौतीको विषय बनेको छ ।

तर गुगलको एकाधिकार र गैरप्रतिस्पर्धी अभ्यासकै कारण आज गुगलकै वर्चस्वमा पनि आँच आउने देखिन्छ । गुगलको यही खराब पक्षको फाइदा उठाएर उदाउन चाहन्छन् उसका नयाँ प्रतिस्पर्धीहरु ।

गोपनीयतामा केन्द्रित ब्राउजर ब्रेभ सार्वजनिक भएको दुई वर्षपछि मोजिल्ला कम्पनीका पूर्व कार्यकारी ब्रेन्डेन इचको आखाँ अब गुगलको सर्च विजनेसमा पर्न थालेको छ ।

हालै उनले गुगल सर्चको वर्चस्वलाई चुनौती दिँदै ब्रेभ ब्राउजरकै अर्को सर्च इन्जिन ब्रेभ सर्चको घोषणा गरेका छन् । 

वेट लिस्ट खोलिसकेको ब्रेभ सर्च इन्जिन २०२१ काे मध्यतिर सार्वजनिक हुने इचले बताएका छन् । ब्रेभ सर्चले आफ्नो साइट भिजिट गर्ने मानिसहरुलाई ट्रयाक नगर्ने र तिनीहरुको प्रोफाइल लग नबनाउने बताएको छ । 

ब्रेभमा यसअघिबाट नै डिफल्ट एनोनिमस युजर मोडल छ, जसले प्रयोगकर्ताहरुको डेटा संकलन गर्दैन । 

साथै यसले आईपी एड्रेस पनि संकलन नगर्ने र यसलाई कसरी सशुल्क वा निःशुल्क विज्ञापनरहित सर्च इन्जिन बनाउन सकिन्छ भन्ने कुरामा कम्पनी अनुसन्धान गरिरहेको इचले बताएका छन् । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१