close

ट्वीटरका मालिक डोर्सीकाे पहिलो ट्वीट बिक्रीमा

टेकपाना टेकपाना

फागुन २३, २०७७ १३:२९

ट्वीटरका मालिक डोर्सीकाे पहिलो ट्वीट बिक्रीमा

काठमाडौं । ट्वीटरका मालिक तथा सीईओ ज्याक डोर्सीले आफ्नो पहिलो ट्वीट एनएफटीका रुपमा बिक्रीमा राखेका छन् । एनएफटी अर्थात नन–फंङ्जीएवल टोकन हो ।

यो अहिले विश्वबजारमा चलिरहेको क्रिप्टोकरेन्सीजस्तै एउटा करेन्सी नै हो । यो विशेष गरी कलाकार र संगीतकारमाझ परिचित छ ।

सन् २००६ मार्च २२ मा पहिलो पटक ज्याक डोर्सीले ‘जस्ट सेटिङ अप माई ट्वीटर’ भनेर ट्वीट गरेका थिए । यही महिनाबाट उक्त ट्वीटले १५ वर्ष पुरा गरेको छ ।

उक्त ट्वीट बिक्रीमा राखिएको विषयमा शुक्रबार ज्याक डोर्सी आफैंले अर्को ट्वीट गर्दै जानकारी गराएका हुन् ।

उनले त्यसबारे जानकारी दिएको डेढ घण्टापछि एनएफटीमा आजसम्मकै ठूलो रकमको बोलकबोल भएको छ । जसअनुसार उक्त ट्वीटका लागि १ लाख १० हजार अमेरिकी डलर तिर्न एक मानिस तयार भइसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१