close

वानप्लस नाइन सिरिजका स्मार्टफोन चैत १० मा सार्वजनिक हुने

टेकपाना टेकपाना

फागुन २४, २०७७ १३:४०

वानप्लस नाइन सिरिजका स्मार्टफोन चैत १० मा सार्वजनिक हुने

काठमाडौं । बहुप्रतिक्षित वानप्लस नाइन सिरिजका स्मार्टाफोन यही मार्च २३ तारिख अर्थात चैत १० गते सार्वजनिक हुने भएका छन् । लामो समयदेखि वानप्लस नाइन सिरिजका स्मार्टफोन सार्वजनिक हुने मितिको विषयमा विभिन्न चर्चा चल्दै आएको थियो ।

यसअघि आज अर्थात फागुन २४ गते सार्वजनिक हुने अनुमान गरिएको थियो । तर, अब भने कम्पनीले नै यो फोन मार्च २३ मा सार्वजनिक गर्ने जानकारी गराएको हो ।

कम्पनीले नयाँ पोस्ट गर्दै यसबारे जानकारी दिएको हो । यसअघि बाहिरिएका जानकारी अनुसार यो सिरिजमा कम्पनीले वानप्लस नाइन र वानप्लस नाइन प्रो गरी दुई वटा फोन सार्वजनिक गर्नेछ ।

जसमा क्वालकमको पछिल्लो प्रोसेसर क्वालकम स्नापड्रयागन ८८८ चिपसेट प्रयोग हुनेछ । फोनमा १४४ रिफ्रेश रेटसहित ६.७ इन्चको डिस्प्ले रहेको छ ।

त्यस्तै फोनमा ह्यासलब्लाडको क्यामेरा रहने बताइएको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री रहने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१