close

चैत १० मा आउँदै वानप्लसको पहिलो स्मार्टवाच, यस्ता छन् लिक भएका फिचर

टेकपाना टेकपाना

चैत ५, २०७७ १९:५२

चैत १० मा आउँदै वानप्लसको पहिलो स्मार्टवाच, यस्ता छन् लिक भएका फिचर

काठमाडौं । वानप्लसले आफ्नो पहिलाे समार्टवाच वानप्लस ९ सिरिज स्मार्टफोनसँगै आगामी मार्च २३ (चैत १०) मा सार्वजनिक गर्ने घोषणा गरेको छ । अपकमिङ फ्ल्यागशिप फाेनका विवरण सार्वजनिक गरेपनि स्मार्टवाचबारे कम्पनीले केही खुलासा गरेको थिएन । 

तर हालै वानप्लस स्मार्टवाचको प्रमुख फिचर र स्पेसिफिकेसन पनि सार्वजनिक भएको छ । चिनियाँ स्मार्टफोन निर्माताकाे पहिलो स्मार्टवाच कस्तो छ भन्ने कुराको संकेत यसबाट पाउन सकिन्छ ।

स्रोतका अनुसार वानप्लसको स्मार्टवाच ब्ल्याक र सिल्भर कलर अप्सनमा उपलब्ध हुनेछ । जसमा ४६ एमएम साइजको डायल पनि उपलब्ध हुनेछ । तर यो एउटा साइजमा मात्र वा अन्य साइजमा पनि उपलब्ध छ भन्ने कुरा स्पष्ट भइसकेको छैन ।

यसमा वर्काउट डिटेक्सन, स्लिप ट्रयाकिङ, हर्ट रेट मनिटरिङ र स्ट्रेस ट्रयाकिङजस्ता हेल्थ र फिटनेस फिचर हुनेछन् । साथै रगतमा अक्सिजनको मात्रा मापन गर्न एसपी ओ टु सेन्सर अनबोर्ड पनि हुनेछ ।

यसबाहेक धुलो तथा पानीबाट स्मार्टवाच जाेगाउन आईपी ६८ रेटिङ रहेकाे छ । यसको स्क्रिनमा केन्टेड डिभाइसको नोटिफिकेसन पनि डिस्प्ले हुन्छ र स्मार्टफोनमा प्ले भइरहेको म्युजिक समेत यसबाट नियन्त्रण गर्न सकिन्छ । 

स्मार्टवाचमा ४ जीबी स्टोरेज छ भने वान प्लस टिभीको रिमोट कन्ट्रोलको रुपमा यसले काम गर्दछ । यसमा वार्प चार्ज प्रविधि हुने स्रोतकाे दाबी छ, जसले एक हप्ताका लागि २० मिनेटमै चार्जिङ पावर प्रदान गर्दछ । तर यसको ब्याट्री क्षमता भने अहिलेसम्म स्पष्ट भएको छैन । 

यसमा गुगलको वेयर ओएस वा कस्टम ओएस कुन हुन्छ भन्ने कुरा स्पष्ट छैन । तर यो स्ट्याण्डर्ड र एलटीई भेरियन्टमा उपलब्ध हुने स्रोतको दाबी छ । यसबाट फोन गर्न र उठाउनसमेत सकिन्छ ।

जीएसएम एरेनाबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१