close

नेपाली बगबाउन्टीमा जोडिए एक हजारभन्दा बढी ह्याकर

टेकपाना टेकपाना

चैत ९, २०७७ १७:४४

नेपाली बगबाउन्टीमा जोडिए एक हजारभन्दा बढी ह्याकर

काठमाडौं । नेपालकै देशकै पहिलो एकमात्र बगबाउन्टी प्लेटफर्म बगभीमा हालसम्म हजारजना सुरक्षा अनुसन्धानकर्ता (ह्याकर) दर्ता भएका छन् । गत फाल्गुन २३ गतेबाट पूर्णरुपमा सञ्चालनमा आएको बगभीमा हालसम्म देश तथा विदेशका हजारजना एथिकल ह्याकर जोडिएको बगभी संस्थापक नरेश लम्गादेले बताए । 

बगभी पूर्णरुपमा सञ्चालनमा आएको पहिलो दिनमै पाँच जना एथिकल ह्याकहरु उक्त प्लेटफर्ममा जोडिएका थिए । हालसम्म करिब एक दर्जन कम्पनीहरु आफ्नो सिस्टममा रहेको सुरक्षा कमजोरी पत्ता लगाउन बगभीमा अनबोर्ड भइसकेका छन् ।

बगभी साइबर सुरक्षा प्रदान गर्ने एउटा प्लेटफर्म हो । जसमा देश तथा विदेशका साइबर सुरक्षा अनुसन्धानकर्ताहरुले विभिन्न कम्पनीका साइटहरुमा रहेका सुरक्षा कमजोरी खोज्ने र रिपोर्ट गरेर सुरक्षित पार्न सहयोग गर्दछन् । 

व्यवसायिक संघसंस्था तथा कम्पनीहरुले बगभीको प्लेटफर्ममा आफ्नो सिस्टम तथा प्रडक्टलाई सुरक्षा कमजोरी पत्ता लगाउनका लागि राख्न सक्छन् । उनीहरुले आफ्नो साइटमा भेटिएका बगको प्रकृतिअनुसार क्रिटिकल भल्नरेबिलिटीलाई के कति पैसा दिने आफैंले निर्णय गरेर डिस्क्रिप्सनमा तय गर्न सक्ने बगभीले जनाएको छ ।

‘बगभीमा साइट राख्दा कम्पनीले साइबर सुरक्षाको लागि लाखाैं रुपैयाँ तिर्नु पर्दैन,’ लाम्गादे भन्छन्, ’सुरक्षा शाेधकर्ताहरुले बग भेटेको खण्डमा बगको प्रकृतिअनुसार निश्चित पैसा दिनुपर्ने हुन्छ ।’

ह्याकरहरुले बगभीको साइटमा गएर सहजै अकाउन्ट क्रियट गरेर सूचीकृत भएका साइटहरुमा बग खोज्न सक्छन् । बगभीमा खाता खोल्न तथा बगहरु खोज्न ह्याकरहरुले कुनै पनि किसिमको शुल्क तिर्नुपर्दैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१