close

मोबाइल पड्किँदा किशोरीको ज्यान गयो

टेकपाना टेकपाना

चैत १०, २०७७ ११:५८

मोबाइल पड्किँदा किशोरीको ज्यान गयो

अछाम । मोबाइल पडिक्एर अछाममा एक किशोरीको ज्यान गएकाे छ । सोमबार बेलुकी मंगलसेन नगरपालिका १ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किँदा गम्भीर भई अस्पतालमा उपचारकाे क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ ।

प्रहरीका अनुसार बेलुकी ९ बजेकाे समयमा चार्जमा राखेर फाेन चलाउँदा एक्कासी पड्किँदा सपना घाइते भएकी थिइन् । उनकाे हातमा प्वाल परेकाे थियाे भने शरीरका अन्य भागमा समेत चाेटपटक लागेकाे थियाे ।

सपनाकाे जिल्ला अस्पतालमा उपचारकाे क्रममा राती १२ बजेकाे समयतिर मृत्यु भएकाे जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक तुलसीराम अर्यालले टेकपानाले बताए । उनका अनुसार घटनाकाे थप अनुसन्धान जारी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१