close

डिशहोमका ग्राहकलाई १० एमबीपीएसको इन्टरनेट निःशुल्क

टेकपाना टेकपाना

चैत १३, २०७७ १४:८

डिशहोमका ग्राहकलाई १० एमबीपीएसको इन्टरनेट निःशुल्क

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क इन्टरनेट दिने भएको छ । कम्पनीले ‘लाईफ स्टाइल’ प्याकेज अन्तर्गत ग्राहकलाई १० एमबीपीएसको डिशहोम इन्टरनेट निःशुल्क उपलब्ध गराउन लागेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक सुदिप आचार्यका अनुसार डिशहोम प्रयोग गरिरहेका ग्राहकले यो सेवा चाँडै लिन पाउनेछन् ।

हाल डिशहोमको इन्टरनेट काठमाडौं उपत्यकाका तीन जिल्लामा उपलब्ध छ । यी क्षेत्रका ग्राहकले डिशहोम रिचार्जमा निःशुल्क १० एमबीपीएसको इन्टरनेट पाउन सक्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१