close

साओमीको रेड्मी नोट १० नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

चैत २०, २०७७ ८:७

साओमीको रेड्मी नोट १० नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले नेपाली बजारमा रेड्मी नोट टेन स्मार्टफोन भित्र्याएको छ । बेस्ट–ईन–क्लास सुविधासहित कम्पनीले याे फाेन नेपाली ग्राहकमाझ उपलब्ध गराएको हो ।

आकर्षण डिजाइन र उत्कृष्ट प्रविधिका साथ याे फाेन बजारमा आएको कम्पनीले जनाएकाे छ । फोनमा ४८ मेगापिक्सेलको क्यामेरा, ६० हर्ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागज ६७८ प्रोसेसरलगायतका फिचर छन् ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘रेडमी नोट सिरिजको १०औं संस्करणको सार्वजनिकसँगै हामी टेक्नोलोजीको हरेक अंश जस्तै; क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक सुपरचार्ज्ड उपकरणलाई जोडेर ठूलाे परिवर्तन ल्याउँदैछौ ।’

आकर्षण डिजाइन र प्रविधि

रेड्मी नोट टेन आकर्षण डिजाइनका साथ भित्रिएको छ । कोर्निङ गोरिल्ला ग्लास थ्रीद्वारा सुरक्षित गरिएको यो फोनमा सुरक्षाका लागि साइड–माउन्टेट फिङ्गरप्रिन्ट स्क्यानर उपलब्ध छ ।

क्वालकम स्न्यापड्रागन ६७८ प्रोसेसरले सञ्चालित याे फोन ६४ र १२८ जबी भेरियन्टमा उपलब्ध भएको छ । भने, र्‍यामको हिसाबले ४ जीबी र ६ जीबी गरी दुई फरक क्षमताका साथ नेपाल भित्रिएको छ ।

क्यामेरा सेटअप

रेडमी नोट टेनमा ४८ एमपीको मुख्य क्यामेरा छ । जसमा सोनी आईएमएक्स ५८२ सेन्सर प्रयोग भएको छ । पछाडिको भागमा ४ वटा क्यामेरा रहेको छ, जसमा ४८ एमपी मुख्य सेन्सर, ८ एमपी अल्ट्रा–वाइड एङ्गल लेन्स, २ एमपीको डेप्थ र २ एमपीकै म्याक्रो सेन्सर रहेको छ ।

त्यस्तै सेल्फीका लागि फोनमा १३ एमपी क्यामेरा रहेको छ ।

ब्याट्री तथा अन्य फिचर

५००० एमएएच ब्याट्री र ३३ वाट चार्जर–इन–बक्सको साथमा उपलब्ध रेडमी नोट टेन शुन्यदेखि ६७ प्रतिशतसम्म ३० मिनेटमै चार्ज हुने कम्पनीले जनाएको छ ।

यो फोन ०.६६ मिलिमिटर पातलो र रेड्मी नोट नाइनभन्दा २०.२ ग्राम हलुका रहेको छ । जसले यो स्मार्टफोनलाई एक हातले नै प्रयोग गर्न सहजता प्रदान गर्ने जनाइएको छ ।

धुलो र पानी पस्नबाट बचाउन याे फाेनमा आईपी ५२ रेटिङ प्रदान गरिएको छ । नेपाल बजारमा फ्रस्ट व्हाइट, एक्वा ग्रीन र स्याडो ब्ल्याक कलर भेरियन्टमा याे फाेन खरिद गर्न सकिन्छ ।

May be an image of phone and text that says 'MI Redmi Note 10 The New Champ10n xIaoMI AMOLED Display 1100 Nits peak brightness 48MP Quad Camera Sony IMX Sensor Qualcomm Snapdragon 678 Processor 33W Fast Charger (in-box) •Dual Stereo Speakers 5000mAh Batery CoingGorilla® Glass 3 Redmi 4GB 64GB .21,999/- 4GB+ 4GB 128GB Rs. 22,999/ 6GB 128GB Rs. 24,999/- mi.com/np'
मूल्य
४ जीबी+६४ जीबी : रू. २१ हजार ९ सय ९९
४ जीबी+१२८ जीबी : रू. २२ हजार ९ सय ९९
६ जीबी+१२८ जीबी : रू. २४ हजार ९ सय ९९

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३