close

नेपालमै बनेको विद्युतीय मोटरबाइकको बिक्री सुरु हुँदै

टेकपाना टेकपाना

चैत २१, २०७७ १३:३८

नेपालमै बनेको विद्युतीय मोटरबाइकको बिक्री सुरु हुँदै

काठमाडौं । नेपाली इन्जिनियरहरुको टोलीले विद्युतीय बाइक निर्माण गरेकाे छ । यात्री मोटोरसाइकल्स ग्रुपअन्तर्गत युवा इन्जिनियरहरुको एक टोलीले उक्त विद्युतीय बाइक निर्माण गरेकाे हाे ।

‘प्रोजेक्ट जिरो’ नाम दिइएको उक्त विद्युतीय बाइकको डिजाइन, इन्जिनियरिङ तथा निर्माण नेपालमै भएको बताइएकाे छ ।

निर्माण टोलीले यसमा कटिङ एज पावरट्रेन, क्लास लिडिङ भेहिकल सफ्टवेयर तथा ईन-हाउस डेभलपमेन्ट प्रोवेसको प्रयोग गरेको बताएको छ ।

No photo description available.

दुई घण्टाको फुल चार्जमा उक्त बाइकले २३० किलोमिटर रेन्जसम्म यात्रा गर्दछ । यसमा ८ किलो वाट प्रतिघण्टाको ब्याट्री क्षमता छ भने ३.३ किलो वाटको अनबोर्ड चार्जर छ ।

याे स्मार्ट विद्युतीय बाइकमा अनबोर्ड फोरजी नेटवर्कका साथै एन्ड्रोइड र आईओएस एन्टी थेफ्ट अनबोर्ड जीपीएन अन डिमाण्ड सर्भिसिङ अपोइन्टमेन्ट रोड साइड असिस्टेन्स मोबाइल एप छ ।

May be an image of motorcycle

यात्री मोटरसाइकल्सले आगामी २३ अप्रिलमा प्रोजेक्ट जिरोको युनिटलाई आफ्नो वेबसाइटमा सार्वजनिक प्रदर्शनीका लागि राख्ने बताएको छ । इच्छुक व्यक्तिहरुले अर्डर दिएर २३ अप्रिलदेखि डाउन पेमेन्टमा बाइक खरिद गर्नसक्ने कम्पनीले बताएको छ ।

May be an image of motorcycle







पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३