close

विदेशमा बसेका नेपालीहरुको पहलमा पूर्वी रुकुममा सूचना प्रविधि केन्द्र स्थापना हुँदै

टेकपाना टेकपाना

चैत २४, २०७७ ७:२०

विदेशमा बसेका नेपालीहरुको पहलमा पूर्वी रुकुममा सूचना प्रविधि केन्द्र स्थापना हुँदै

काठमाडौं । दूरदराजका जनतामा सूचना प्रविधिको माध्यमबाट सेवा पुर्‍याउने उद्देश्यका साथ ग्रामीण सूचना प्रविधि केन्द्रहरुको स्थापना हुने भएको छ । ग्रामीण क्षेत्रका जनताका लागि सञ्चार , शिक्षा, स्वास्थ्य लगायतका आवश्यकतामा सहज पहुँच विस्तार गर्न यस किसिमका केन्द्रहरु बनाउन लागिएको हो ।

नेप्लिज असोसिएशन अफ फ्लोरिडाको संयोजन तथा ग्लोबल नेप्लिज आईसीटी कन्सोर्टियमको प्राविधिक सहयोगमा पहिलो सूचना प्रविधि केन्द्र पूर्वी रुकुमको सिस्नेमा स्थापित हुने भएको छ । यस कार्यमा सबैको साथ र सहयोगको अपेक्षा गरिएकाे छ ।

‘कनेक्ट नेपाल’ अन्तर्गत सञ्चालन हुन लागेको यो परियोजनाअन्तर्गत सुरुवातमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका वडा नं. ५ का २ हजारभन्दा बढी जनताका लागि सूचना प्रविधि केन्द्र निर्माण हुनेछ । निर्माणपछि यो केन्द्र स्थानीय युवा विकास केन्द्रले नियमित रुपममा सञ्चालन गर्ने जनाइएकाे छ ।

यो केन्द्र निर्माणका लागि नेप्लिज असोसिएशन अफ फ्लोरिडाले ५ हजार डलर संकलन गर्ने लक्ष्य राखेको छ, जुन इन्टरनेट र कम्प्युटरमा कनेक्ट हुने हार्डवेयर खरिदमा खर्च हुनेछ । सहयोग गर्न चाहनेले गो फन्ड मी को यो लिंकमा क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१