close

नागरिक एपमा नयाँ अपडेट, अब मोबाइलबाटै पुलिस रिपोर्ट लिन सकिने

टेकपाना टेकपाना

चैत २७, २०७७ १३:५८

नागरिक एपमा नयाँ अपडेट, अब मोबाइलबाटै पुलिस रिपोर्ट लिन सकिने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउँदै आएको पुलिस क्लियरेन्स रिपोर्ट अब नागरिक एपमार्फत नै लिन पाउने भएका छन् । नागरिक एपमा नयाँ अपडेट आएसँगै यो सेवाको सुरुवात भएको छ ।

याे सेवा लिन सर्वप्रथम एपमा हाेमपेजमा रहेकाे ‘प्रहरी चारित्रिक प्रमाणपत्र’ मा क्लिक गरी आफ्नो ईमेल एड्रेस टाइप गर्नुपर्छ । यसपछि सो ईमेलमा प्राप्त ६ डिजिटको भेरिफिकेशन कोड राख्नुपर्छ ।

अब ‘रिपोर्टका लागि अनुरोध’ अप्सनमा क्लिक गरी प्रहरी चारित्रिक प्रमाणपत्र फारम भर्नुपर्छ ।

नागरिक एपमा उक्त सेवा समावेश भएसँगै त्यहीँबाट आवेदन दिनेदेखि पुलिस रिपोर्ट प्राप्त गर्नेसम्मका कार्य सम्भव भएकाे छ ।

यसअघि यही फागुनमा प्रहरी कार्यालयको अपराध अनुसन्धान विभाग, चालचलन शाखाबाट प्राप्त अनलाइन रिपोर्ट आफैं प्रिन्ट गरेर सोझै परराष्ट्र मन्त्रालयबाटै प्रमाणीकरण हुने व्यवस्था मिलाइएको थियो ।

अब त्यसलाई अझ प्रभावकारी र सबैको हातहातमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ नागरिक एपमा समावेश गर्ने गरिएका हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१