close

वैशाखभित्रै सीजी टेलिकमको एफटीटीएच इन्टरनेट

टेकपाना टेकपाना

चैत २७, २०७७ १७:८

वैशाखभित्रै सीजी टेलिकमको एफटीटीएच इन्टरनेट

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी टेलिकमले आउँदो वैशाखभित्रै इन्टरनेट सेवा सञ्चालनमा ल्याउने गरी तयारी थालेकाे छ । कम्पनीले आक्रामक रुपमा बजारमा उपस्थिति जनाउने उद्देश्यका साथ काठमाडाैंबाट एफटीटीएच इन्टरनेट सेवा विस्तार गर्न लागेकाे हाे ।

यसअघि वैशाख १ देखि सञ्चालनमा ल्याउने तयारी गरिएपनि प्राविधिक कार्य नसकिएकाले केही सातामा इन्टरनेट सुरू गर्ने कम्पनी स्राेतले जानकारी दियाे ।

सुरूवाती चरणमा काठमाडाैंका केही स्थानबाट फाइबर इन्टरनेट सञ्चालनमा ल्याउने गरी आवश्यक पूर्वाधार तयार भइरहेकाे छ । कम्पनीले प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय इन्टरनेट दिने दाबी गरेकाे छ ।

नेपालको इन्टरनेट बजारमा चौधरी ग्रुपको प्रवेशसँगै अन्य सेवाप्रदायकमाथि चुनौती बढ्ने अनुमान गरिएको छ । यस बाहेक कम्पनीले प्वाइन्ट टु प्वाइन्ट फाइबर कनेक्सन, ओएलटी (अप्टिकल लाइन टर्मिनल), राउटर लगायतका आवश्यक उपकरण तथा सामग्री समेत खरिद प्रक्रिया अगाडि बढाइसकेको छ ।

मोबाइल तथा आधारभूत दूरसञ्चार सेवा सञ्चालनका लागि युनिफाइड लाइसेन्स पाउन नसकेको सीजी तत्काल इन्टरनेट सेवामा केन्द्रीत भएको हो । ब्याण्डविथ आयात तथा इन्टरनेट सेवा सञ्चालनका लागि कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणबाट यसअघि नै नेटवर्क सेवाप्रदायक र इन्टरनेट सेवाप्रदायकको अनुमतिपत्र लिइसकेको छ ।

अप्टिकल फाइबर नेटवर्कको निर्माणमा आधारभूत दूरसञ्चार सेवा सञ्चालनको लाइसेन्स लिएर फाइभजी सेवामा आक्रामक रुपमा प्रस्तुत योजना समेत कम्पनीले बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१