close

नागरिक एपमा अब स्वास्थ्य बीमा सेवा

टेकपाना टेकपाना

चैत २८, २०७७ १४:७

नागरिक एपमा अब स्वास्थ्य बीमा सेवा

काठमाडौं । नेपाल सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा स्वास्थ्य बीमा बोर्ड पनि जोडिएको छ । हाल ७५ जिल्लामा सरकारकाे स्वास्थ्य बीमा कार्यक्रम पुगेको छ ।

स्वास्थ्य बीमामा सहभागी भएका विमितहरुको सेवा सुविधाका लागि नागरिक एपमै बीमा पत्र उपलब्ध गराइएको हो । यो सुविधाले कार्ड बोकेर हिँड्नुपर्ने झन्झटबाट मुक्त दिने विश्वास गरिएको छ ।

बीमा पत्रमा सेवाग्राहीको बीमा नम्बर, नाम र उमेर उपलब्ध छ । त्यस्तै कोड, पहिलो सर्भिस प्वाइन्ट, एक्पायर डेट, स्टेटस र ब्यालेन्स हेर्न मिल्ने सुविधा दिइएको छ ।

सम्भव भएसम्मका सबै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ सरकारले सार्वजनिक गरेको नागरिक एपमा स्थायी लेखा नं., प्रहरी चारित्रिक प्रमाणपत्र, शैक्षिक विवरण, नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष, मेरो गुनासो, नागरिकता, राहदानी र मतदाता परिचय पत्र लगायतका सरकारी सेवा जोडिएका छन् ।

अन्य सेवा पनि क्रमशः जोड्दै जाने योजना सरकारको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१