close

एक मिनेटमै ७ अर्ब मूल्यको साओमी मि मिक्स फोल्ड बिक्री

टेकपाना टेकपाना

बैशाख ४, २०७८ १३:१७

एक मिनेटमै ७ अर्ब मूल्यको साओमी मि मिक्स फोल्ड बिक्री

काठमाडौं । साओमीले मि मिक्स फोल्डको पहिलो फ्ल्यास सेल गरेको छ । आशा गरेअनुसार स्टकमा रहेका सबै स्मार्टफोन केही सेकेण्डमै सकिएकाे कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार एक मिनेटमै ४०० मिलियन चिनियाँ यूआन (करिब ७ अर्ब २९ लाख रुपैयाँ) मूल्य बराबरको फोन बिक्री भएको छ । कम्पनीले एक मिनेटमै ३० हजार युनिट स्मार्टफोन बिक्री गरेको हो ।

साओमी मि मिक्स फोल्ड तीन मेमोरी भर्सनमा उपलब्ध छ । यसअन्तर्गत १२/२५६ जीबी भेरियन्टको मूल्य ९,९९९ चिनियाँ यूआन (एक लाख ८३ हजार रूपैयाँको हारहारी) रहेको छ ।

त्यस्तै १२/५१२ जीबी भेरियन्टको मूल्य १०,९९९ चिनियाँ यूआन (२ लाख रूपैयाँकाे हारहारी) र १६/२५६ जीबी भेरियन्टको मूल्य १२,९९९ चिनियाँ यूआन (२ लाख ३७ हजार रूपैयाँको हारहारी) रहेको छ ।

सबै भर्सनमा दुई एचडीआर एमोलेड डिस्प्ले, स्न्यापड्रागन ८८८ चिपसेट, १०८ मेगापिक्सेलको मुख्य क्यामेरासहित विश्वमै पहिलो पटक विशेष किसिमको लिक्विड लेन्स प्रयोग भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१