close

स्पेसएक्सले अन्तरिक्षयात्रीलाई चन्द्रमामा अवतरण गराउने

टेकपाना टेकपाना

बैशाख १२, २०७८ १५:५०

स्पेसएक्सले अन्तरिक्षयात्रीलाई चन्द्रमामा अवतरण गराउने

काठमाडौं । मानिसहरुलाई चन्द्रामा पुर्‍याउने करिब ३ अर्ब डलरको परियोजना एलन मस्कको कम्पनी स्पेसएक्सले पाएकाे छ । नासाकाे याे परियाेजनामा मस्कको रकेट कम्पनीले अन्तरिक्षयात्रीहरुलाई चन्द्रमाको सतहमा अवतरण गर्ने ‘ह्युमन ल्याडर निर्माण गर्नेछ ।

आर्टिमिस प्रोग्रामको हिस्सा रहेको उक्त परियोजनाले चन्द्रमाको सतहमा पहिलो महिलामात्र नभएर पहिलो व्यवसायिक अवतरण पनि गराउनेछ ।

उक्त सम्झौता २ अर्ब ८९ करोड डलरको रहेकाे नासाले जनाएको छ । तर स्पेसएक्सले विशेष कोशेढुङ्गाहरु पार गर्दै जाने क्रममा थप खर्च निर्भर हुनेछ ।

तर लप्याण्डरको शुल्क अझ धेरै हुने र यो परियोजना थप जटिल र व्यापक हुने अपेक्षा गरिएको छ ।ह्युमन ल्याण्डिङ सिस्टम अर्थात् एचएलएस नाम दिइएको उक्त सिस्टमले नामअनुसार काम गर्नेछ ।

स्पेसएक्सले हाल परीक्षण गरिरहेको स्टारसिपकै स्वरुपलाई उक्त परियोजनामा प्रयोग गर्नेछ । उक्त यान पनि चन्द्रमामै अवतरण गर्नका लागि कम्पनीले निर्माण गरेको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१