close

पूर्वनिर्धारित सबै परीक्षा स्थगित, पठनपाठन भर्चुअल र वैकल्पिक विधिबाट

टेकपाना टेकपाना

बैशाख १२, २०७८ २२:४८

पूर्वनिर्धारित सबै परीक्षा स्थगित, पठनपाठन भर्चुअल र वैकल्पिक विधिबाट

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले पूर्वनिर्धारित सबै प्रकारका परीक्षा स्थगित गरेको छ ।

आज बसेको सीसीएमसीको बैठकले अर्को आदेश नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

साथै देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यबाट मात्र पठनपाठन जारी राख्ने निर्णय सो बैठकले गरेको सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बरालले जानकारी दिए ।

No description available.

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१