close

भेदभावविरुद्द सामाजिक सञ्जाल बहिस्कार गर्दै इङ्गलिस फुटबल

टेकपाना टेकपाना

बैशाख १३, २०७८ १३:७

भेदभावविरुद्द सामाजिक सञ्जाल बहिस्कार गर्दै इङ्गलिस फुटबल

काठमाडौं । इङ्गलिस फुटबलअन्तर्गत प्रिमियर लिग, इङ्गलिस फुटबल लिग र ओम्यान सुपर लिगका क्लबले भेदभावविरुद्ध सामाजिक बहिस्कार गर्ने भएका छन् । यही अप्रिल ३० तारिखदेखि सुरु हुने यो बहिस्कार ४ दिनसम्म चल्ने जनाइएको छ ।

याे अभियानलाई फुटबल अशोसियशन, लिगका प्रमुख संस्थाहरु र भेदभावविरुद्धका च्यारिटी संस्थाहरुले पनि साथ दिएका छन् ।

‘यसले भेदभावविरुद्ध हाम्रो संयुक्त क्रोध दर्शाउने छ,’ किट इट आउटका अध्यक्ष सञ्जय भण्डारीले भने, ‘सामाजिक सञ्जाल अहिले दुरूपयोगको माध्यम भएको छ ।’

उनले अगाडि भने, ‘हामी सामाजिक सञ्जालबाट बाहिरिनुले हाम्रो प्रतिकात्मक शक्ति दर्शाउनेछ । यसले परिवर्तनका लागि पनि मद्दत पुर्‍याउने अपेक्षा छ ।’

याे अभियानबाट सामाजिक सञ्जालमा विभिन्न ट्रोल बनाएर दुर्व्यवहार, भेदभाव गर्नेलगायतका क्रियाकलाप बन्द गर्न आग्रह गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१