close

फोनमा स्प्याम म्यासेज आयो ? सुरक्षित हुन यसो गर्नुहोस्

टेकपाना टेकपाना

बैशाख १३, २०७८ १९:१९

फोनमा स्प्याम म्यासेज आयो ? सुरक्षित हुन यसो गर्नुहोस्

काठमाडौं । तपाईं जस्तोसुकै फोन प्रयोग गर्नुहोस्, तर तपाईंलाई स्क्याम टेक्स्ट म्यासेज आइरहेकै हुन्छ । त्यस्ता म्यासेजले मानिसलाई वाक्क, दिक्क बनाउने मात्र होइन, कहिलेकाहिँ नराम्ररी झुक्याउने पनि गर्छ ।

सायद तपाईंले पनि कहिले कुनै चिठ्ठा जितेको वा कहिले आईक्लाउड अकाउन्ट ह्याक भएको जस्ता चेतावनीपूर्ण म्यासेज पाउनु भएको होला ।

यस्ता म्यासेजहरु हामीले सोचेजस्तो एकछिन झुक्याउन वा दुःख दिन मात्रै पठाइँदैन । बरु त्यस्ता म्यासेजहरु दूरगामी प्रयोजनका लागि पठाइएका हुन्छन् ।

यस्ता म्यासेजहरुको खास उद्देश्य प्रयोगकर्तालाई म्यासेज पठाएर उनीहरुको व्यक्तिगत अकाउन्टको सूचना तथा जानकारी प्राप्त गर्ने प्रयास गर्नु हो । त्यस्ता विवरणहरु प्राप्त गरेपछि फोनलाई टेकओभर गरेर अनलाइन अकाउन्टहरुमा एक्सेस पाउने प्रयास गरिन्छ ।

आज हामी तपाईंलाई केही यस्ता जानकारी दिन गइरहेका छौं, जसले तपाईंको मोबाइललाई स्क्याम तथा स्पाम म्यासेजहरुबाट निम्तिनसक्ने संभावित जोखिमबाट बचाउनेछ । 

१. कुनै पनि अनवाश्यक लिंक नखोल्नुहोस्

स्क्यामरहरु एकदमै चलाख हुन्छन् । उनीहरुले कहिलेकाहिँ यस्ता म्यासेजहरु पठाउँछन्, जुन हेर्दा हामीलाई कुनै वैधानिक कम्पनीले पठाएजस्तै लाग्छ । उदारहणका लागि कुनै वायरलेस क्यारियर, जसले तपाईंको अकाउन्ट इन्फर्मेसन भेरिफाइ गर्नभन्दै कुनै लिंक पठाउन सक्छ ।

त्यस्तो लिंकले तपाईंलाई यस्तो साइटमा पुर्‍याउन सक्छ, जुन हेर्दा एकदमै वास्तविक जस्तो देखिन्छ । तर त्यो फेक हुन्छ । त्यसले तपाईंको युजरनेम, पासवर्ड र अन्य व्यक्तिगत विवरण प्रयोग गरिरहेको हुन्छ, जुन भावी दिनका लागि प्रयोग हुन सक्छ ।

त्यसैले कुनै अनपेक्षित सन्देश प्राप्त गर्नुभयो भने त्यसभित्रको लिंक नखोल्नुहोस् । यदि खोलिहाल्नु भयो भने पनि अकाउन्ट वा व्यक्तिगत सूचना नराख्नुहोस् ।

२. ‘स्टप’ लेखेर रिप्लाई गर्नुअघि विचार पुर्‍याउनुहोस्

यस प्रकारका स्पाम म्यासेजहरुलाई रोक्नका लागि एउटा राम्रो विधि भनेको त्यस्ता म्यासेजलाई ‘स्टप’ लेखेर रिप्लाई गर्नु हो । यसो गर्दा कुनै राजनीतिक अभियानकर्तादेखि कुनै सेवाप्रदायकबाट आउने सम्मका झन्झटिला म्यासेजहरु पनि आउन कमी हुन्छ ।

तर स्क्यामरले पुनः यही तरिका प्रयोग गरेर तपाईंलाई झुक्याउन सक्छन् । हामीले स्टप म्यासेज पठाइसकेपछि ह्याकरहरुले हाम्रो फोन नम्बर जेन्युन रहेछ भनेर थाहा पाएर हामीलाई टार्गेट गरी थप म्यासेज तथा रोबोकलहरु पठाउन सक्छन् । यसकारण स्टप लेखेर रिप्लाई गर्नुअघि म्यासेजको प्रकृतिमाथि थोरै अध्ययन अनुसन्धान गर्नुहोस् ।

३. फोनको ब्युल्ट इन ब्लकिङ टुल प्रयोग गर्नुहोस् 

अर्को विकल्प भनेको त्यस्ता नम्बरहरुलाई आफैं ब्लक गर्नुहोस् । दुबै आईओएस र एन्ड्रोइडमा ब्युल्ट इन टूल हुन्छ, जसले निश्चित नम्बरबाट आउने म्यासेज र कललाई ब्लक गर्छ ।

आईफोन प्रयोगकर्ताले म्यासेज एपमा म्यासेज खोलेर माथि शिरानीमा रहेको प्रोफाइल फोटोलाई ट्याप गर्नुहोस् । त्यसमा रहेको इन्फोलाई पनि ट्याप गर्नसक्नुहुन्छ ।

अर्को स्क्रिनमा फोन नम्बर ट्याप गर्नुहोस् र त्यसपछि ब्लक दिस कलरमा जानुहोस् । यति गरिसकेपछि यस्ता म्यासेजहरु ब्लक हुन्छन् ।

४. उजुरी दर्ता गराउनुहोस् 

यदि तपाईं अहिले आइरहेका वा भावी दिनमा देखा पर्नसक्ने स्पाम म्यासेज रोक्न चाहनुहुन्छ भने देशभित्र रहेका सम्बन्धित दूरसञ्चार नियामक संस्था वा दूरसञ्चार सेवा प्रदायक कम्पनीमा उजुरी दर्ता गराउन सक्नुहुन्छ ।

अन्यथा तपाईंले यस्ता म्यासेजहरुको उजुरी साइबर सुरक्षासम्बन्धी मुद्दाहरु हेर्ने प्रहरी कार्यालयमा पनि दर्ता गराउन सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१