close

किन स्लो हुन्छ इन्टरनेट ? यस्तो छ जान्नैपर्ने कुरा

टेकपाना टेकपाना

बैशाख १९, २०७८ १४:२६

किन स्लो हुन्छ इन्टरनेट ? यस्तो छ जान्नैपर्ने कुरा

काठमाठाैं । इन्टरनेट हाम्रो अनिवार्य आवश्यकता भइसकेको छ । तर घर होस् वा अफिस, इन्टरनेट नचल्दा वा स्लो हुँदा हामीलाई एकदमै झोँक चल्छ । यस्तो बेलामा हामी सेवा प्रदायकसँग खुबै रिसाउँछौं । तर इन्टरनेट स्लो हुनुमा सधैं सेवा प्रदायक मात्रै जिम्मेवार नहुन सक्छन् ।

हामी वाइफाइ स्लो भयो भनेर सेवा प्रदायकलाई दोष त दिन्छौं । तर इन्टरनेट सम्बन्धी गुनासोमध्ये ८० प्रतिशत समस्या ग्राहकसँगै सम्बन्धित हुने सेवा प्रदायकहरुको दाबी छ ।

इन्टरनेट स्लो भएर आउने गुनासो ग्राहकको राउटर वा राउटरको अवस्थितिसँग सम्बन्धित हुने गरेको छ । कतै हामीले राखेको राउटर मिलेको पो छैन कि ? वा हाम्राे घर अथवा अफिस आसपासमा धेरै राउटर पो छन् कि ?

राउटरको कारणले मात्रै नभई हामीले हाम्रो डिभाइसमा कस्तो सामग्री हेरिरहेका छौं, त्यसले पनि इन्टरनेटको स्पिड कम हुन सक्छ । हामीलाई फेसबुक र युट्युव चलाउँदा इन्टरनेट फास्ट भएको जस्तो लाग्न सक्छ । तर त्यसो होइन । हामीले हेर्ने सामग्री कहाँ राखिएको छ भन्ने कुरा यसमा महत्वपूर्ण हुन्छ ।

हेर्नुहाेस् याे भिडिओ टिप्स

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१