close

अन्तरिक्ष परियोजना ‘नेपाली स्याट टु’ का वैज्ञानिकलाई सानिमा बैंकको सहयोग

टेकपाना टेकपाना

बैशाख २२, २०७८ ७:५७

अन्तरिक्ष परियोजना ‘नेपाली स्याट टु’ का वैज्ञानिकलाई सानिमा बैंकको सहयोग

काठमाडौं । सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई पाँच लाख रुपियाँ आर्थिक सहयोग गरेकाे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली स्याट-टुमा संलग्न दुई जनाका लागि अन्तरिक्ष निर्माण/प्रक्षेपणका विषयमा तालिम र प्रशिक्षणका लागि छात्रवृत्तिको प्रदान गरेकाे हो ।

बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा. आभास मास्केलाई सो रकम उपलब्ध गराएको जनाएको छ ।

अन्तरिक्ष प्रतिष्ठान नेपालले सन् २०५० सम्म नेपालका तर्फबाट अन्तरिक्षमा मानव प्रक्षेपण गर्ने लक्ष्य लिएको संस्थापक डा. मास्केले बताए ।

यसैबीच सानिमा बैंकले काेभिड १९ काे दाेस्राे लहरकाे संक्रमण तथा जाेखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङ सेवा तथा अधिकतम प्रयाेग गरी बैंकिङ काराेबार गर्न ग्राहकलाई अनुराेध गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१