close

ब्लुटुथको नाम कसरी राखियो, के तपाईंलाई थाहा छ ?

टेकपाना टेकपाना

बैशाख २७, २०७८ १७:०

ब्लुटुथको नाम कसरी राखियो, के तपाईंलाई थाहा छ ?

काठमाडौं । हामीसँग भएका हेडफोन, स्पिकर, मोबाइल फोन आदि जस्ता अनेक डिभाइसमा ब्लुटुथको लोगो देखिरहेका हुन्छौं । अहिलेको समयमा मोबाइल प्रविधिसँग नजिकिएका हरेकका लागि ब्लुटुथ एउटा परिचित शब्द हो ।

ब्लुटुथको सहयोगमा विद्युतीय उपकरणहरुलाई एक आपसमा ताररहीत रुपमा जोड्न सकिन्छ । साधारण तवरले भन्ने हो भने ब्लुटुथले दुई वटा इलेक्ट्रोनिक डिभाइसलाई कनेक्ट गराउने काम गर्दछ ।

तर के तपाईंलाई थाहा छ, दुई डिभाइसलाई आपसमा जोड्ने यो प्रविधिको नाम किन ब्लुटुथ राखियो ? ब्लुटुथको नामको पछाडिको कहानी प्रविधिसँग नभएर राजनीतिसँग जोडिएको छ । जिम कार्डाचले ब्लुटुथको नाम राखेका थिए, जो ब्लुटुथ प्रविधि विकास गर्ने टिमका सदस्य थिए ।

जिम कार्डाचका अनुसार ब्लुटुथको नाम डेनमार्कका १० औं शताब्दीका राजा किङ हराल्ड ब्लुटुथको नामबाट लिइएको हो । किङ हराल्ड नेपालका पृथ्वीनारायण शाह जस्तै कयौं राज्यलाई आपसमा जोड्ने राजाको रुपमा चिनिन्छन् ।

उनले डेनमार्क, नर्वे र स्विडेनलाई आपसमा मिलाएर स्क्याडिनेभिया नामक राज्य बनाएका थिए । त्यस क्षेत्रमा उनले सन् ९५८ देखि ९८५ सम्म राज गरेका थिए ।

जसरी ब्लुटुथले विद्युतीय उपकरणलाई आपसमा जोड्ने काम गर्दछ, ठीक त्यसैगरी किङ हराल्ड ब्लुटुथले राज्यहरुलाई आपसमा जोड्ने काम गरेका थिए । त्यसै कारण इन्टेलका प्रतिनिधि जिम कार्डाशले यो प्रविधिलाई ब्लुटुथको नाम दिएका हुन् ।

राजा ले जस्तै ब्लुटुथले पनि पीसी (पर्सनल कम्प्युटर) र सेलुलर उद्योगलाई जोड्ने उनको तर्क थियो । एउटा भनाइ के छ भने किङ हराल्डको नामको पछाडि ब्लुटुथ राखिनुमा उनको एक दाँत पूर्णतः मृत थियो ।

जसले गर्दा निलो देखिने गर्दथ्यो । जस कारण उनको उपनाम ब्लाटेन्ड रहन गयो । उक्त डेनिश शब्दको अंग्रेजी अनुवाद ब्लुटुथ (निलो दाँत) हुन्छ । त्यसैले नै उनको नामको पछाडि ब्लुटुथ जोड्न थालिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१