close

एन्ड्रोइड १२ को बेटा भर्सन सार्वजनिक, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

जेठ ५, २०७८ १९:३३

एन्ड्रोइड १२ को बेटा भर्सन सार्वजनिक, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । गुगलले आफ्नो मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडको पछिल्लो संस्करण एन्ड्रोइड १२ को बेटा भर्सन सार्वजनिक गरेको छ । यससँगै गुगलले उत्पादन गरेको पिक्सेल स्मार्टफोन बाहेक अन्य स्मार्टफोनमा पनि यसलाई प्रयोगकर्ताले डाउनलोड गरेर प्रयोग गर्न सक्ने गुगलले बताएको छ ।

गुगलले अहिले भर्चुअल माध्यमबाट जारी आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्सको क्रममा एन्ड्रोइड १२ को बेटा संस्करण उपलब्ध गराउने घोषणा गरेको हो । गुगलको पिक्सेल थ्री र त्यसपछिका स्मार्टफोनसहित वानप्लस, लेनोभो, भिभो, साओमी जस्ता फोनमा पनि बेटा भर्सन प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

कुन कुन फोनमा गर्न सकिन्छ डाउनलोड ?

· पिक्सेल थ्री, थी एक्सएल

· पिक्सेल थ्रीए, थ्रीए एक्सएल

· पिक्सेल फोर, फोर एक्सएल

· पिक्सेल फोरए, फोरए फाइभजी

· पिक्सेल फाइभ

· असुस जेनफोन एट

· वानप्लस नाइन, नाइन प्रो

· ओप्पो फाइन्ड एक्सथ्री प्रो

· भीभो आइक्यूओओ सेभेन

· साओमी एमआई ११, एमआई ११ अल्ट्रा, एमआई ११ आई, एमआई ११ एक्स प्रो

एन्ड्रोइड बेटा इन्स्टल कसरी गर्ने ?

बेटा संस्करण प्रयोग गर्दा यसले गर्ने हानीको बारेमा पनि प्रयोगकर्ता जानकार हुनुपर्छ । बेटा संस्करण आफ्नो फोनमा इन्स्टल गर्नुअघि प्रयोगकर्ताले आफ्नो फोनमा भएको डेटा र फाइलको व्याकअप गर्नुपर्ने हुन्छ ।

अब हामी तपाईंलाई एन्ड्रोइड १२ को बेटा भर्सन कसरी डाउनलोड र इन्स्टल गर्ने भनेर सिकाउँदै छौं । पिक्सेल प्रयोगकर्ताले गुगलको बेटा डाउनलोड गर्न यहाँ क्लिक गरी फोनका लागि बेटा भर्सन उपलब्ध गराउनको लागि दर्ता गर्नुपर्छ ।

म्यानुअल रुपमा बेटा भर्सन इन्स्टल गर्ने भए आफ्नो फोनको सेटिङमा गएर सिस्टम अपडेटमा क्लिक गरेर चेक फर सिस्टम अपडेटमा दबाएर बेटा भर्सन इन्स्टल गर्न सकिन्छ । अन्य स्मार्टफोन प्रयोगकर्ताले भने यहाँ क्लिक गरी आफ्नो स्मार्टफोन ब्राण्डमा दिइएको गेट दी बेटा भन्ने अप्सनमा क्लिक गर्नुपर्छ ।

त्यसपछि दिइएको लिंकमा गेट दी बेटा अप्सनमा क्लिक गर्नुहोस् । यो लिंकमा हरेक फोनमा बेटा इन्स्टल गर्ने तरिका र त्यसपछि देखिने बगको बिषयमा पनि जानकारी दिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१