close

रियलमी जीटी स्मार्टफोनमा एन्ड्रोइड १२ को पहिलो अपडेट

टेकपाना टेकपाना

जेठ ९, २०७८ १६:५०

रियलमी जीटी स्मार्टफोनमा एन्ड्रोइड १२ को पहिलो अपडेट

काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले स्न्यापड्रागन ७७८ चिपसेट भएकाे फाइभजी स्मार्टफोन ‘रियलमी जीटी’ चाँडै बजारमा ल्याउने भएकाे छ । याे फाेन एन्ड्राेइड १२ अपडेट पाउने पहिलाे फाेन समेत हुनेछ ।

गुगलले केही दिनअघि मात्र आफ्नो मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडको पछिल्लो संस्करण एन्ड्रोइड १२ को बेटा भर्सन सार्वजनिक गरेको थियाे ।

अघिल्लो वर्ष पनि ‘रियलमी एक्स ५० प्रो’ ले पहिलाे पटक ‘एन्ड्राेइड ११ बेटा वान’ अपडेट पाएकाे थियाे ।

याे वर्षकाे पहिलाे फल्यागशिप स्मार्टफोन रियलमी जीटीमा एसडीएम ८८८, नयाँ जेनेरेसन कुलिङ सिस्टम, १२०हर्ज एमोलेड डिस्प्ले, ६५ वाट सुपरडार्ट चार्जिङ र ४५०० एमएएच ब्याट्री लगायतका फिचर रहेका छन् ।

त्यसैगरी रियलमीले क्वालकमसँग नजिकको सहकार्य गरेर आफ्नो पछिल्लो उत्पादनमा प्रयोगकर्ता माझ नयाँ प्रविधि ल्याउने भएकाे छ । यस वर्षको सुरुमा सार्वजनिक एसडीएम ८८८ भएकाे पहिलो स्मार्टफोन ‘रियलमी जीटी’ थियो ।

रियमलीले आगामी मोडल साङ्केतिक नाम ‘क्विक सिल्भर’मा काम गरिरहेको जनाएकाे छ । स्न्यापड्रागन ७७८जी फाइभजीको मोबाइल प्लेटफर्म, ६ एनएम चिपसहित क्वालकम क्रियो ६७० सीपीयूमा आधारित याे फाेनमा एड्रेनो ६४२ एल जीपीयु ग्राफिक्स रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१