close

औपचारिक रूपमा सुरू भयो ‘मेरो डाक्टर’, घरमै बसी चिकित्सकसँग भिडिओ परामर्श गर्न सकिने

टेकपाना टेकपाना

जेठ १३, २०७८ १७:२४

औपचारिक रूपमा सुरू भयो ‘मेरो डाक्टर’, घरमै बसी चिकित्सकसँग भिडिओ परामर्श गर्न सकिने

काठमाडौं । कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भई धेरै बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै मिदासले ‘मेरो डाक्टर’ एप मार्फत अनलाइन भिडिओ परामर्श सुरू गरेको छ ।

केही समयअघि बेटा परीक्षण थालेकाे ‘मेराे डाक्टर’ काे बेटा परीक्षण सुर गरिएकाे थियाे । समयमै उपचार वा परामर्शबाट वञ्चित हुनुपर्दा बिरामीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न र बिरामीहरूको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडिओ परामर्श सेवा प्रभावकारी हुने कम्पनीले विश्वास लिएको छ ।

नेपालका सयौं कन्सल्टेन्ट डाक्टर र कैयन अस्पताल यस एपमा उपलब्ध हुनेहुँदा जुनसुकै रोगका बिरामीहरूले जुनसुकै स्थानबाट अनलाइन भिडिओ परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदास टेक्नोलोजिज प्रालिका प्रबन्ध निर्देशक छत्रहरी कार्कीले बताए ।

बन्दाबन्दीको अवस्थाका अतिरिक्त सामान्य समयमा समेत विशेषज्ञ चिकित्सकहरुले यस एपमार्फत स्वास्थ्य सेवा परामर्श दिन सकिने गरी व्यवस्था मिलाइएको छ । यसबाट स्वयम् बिरामीहरुको समय र पैसा दुवैको बचत भई अस्पतालहरुमा हुने अनावश्यक भीड कम गर्न मुख्य सहयोगी हुने विश्वास कम्पनीले लिएको छ ।

कोभिड महामारीको समयमा मात्र होइन, विशेषज्ञ चिकित्सकसँग एवम् अस्पतालसम्म आई परामर्श लिन हामीलाई सामान्य समयमा समेत विविध खालका कठिनाइ छन् । भौगोलिक विकटता एवम् बिरामी अस्पतालसम्म जाने अनुकूल अवस्था कुरेरै बस्ने हाम्रो सामान्य प्रचलन छ ।

यस्तो अवस्थाबाट मुक्तिका लागि र आफ्नो रोगलाई थप बल्झिन नदिन यस्तो अनलाइन भिडिओ सेवा उपयोगी हुनेछ । सामान्यतया रोगले च्यापेर थला नपरिकन अस्पताल वा डाक्टरको सम्पर्कमा जान नचाहने हामीमध्ये अधिकांशलाई यो अनलाइन भिडिओ परामर्श अत्यन्तै उपयोगी सिद्व हुनेछ ।

सामान्य रोगलाई अनलाइन परामर्शबाट नै उपचार गर्न र जटिल बन्न नदिन र उपचार सम्भव हुँदै अस्पताल वा विशेषज्ञ चिकित्सकहरूको सम्पर्कमा जान प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो अनलाइन भिडिओ परामर्श सेवाको परिकल्पना गरिएको हो ।

जारी कोभिड–१९ सँग सम्बन्धित सम्पूर्ण स्वास्थ्य परामर्श सबै यस अनलाइन भिडिओ परामर्शमा नि:शुल्क हुनेगरी व्यवस्था मिलाइएको छ

यो सेवा कसरी लिने ?
बिरामीहरुले आफूसँग रहेका मोबाइल अथवा ल्यापटप मार्फत आफूले अनलाइन भिडिओ परामर्श लिन चाहेको डाक्टरको समय कुनै पनि समय र स्थानबाट लिन सक्नेछन् ।

यदि एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने गुगल प्ले स्टोरमा गएर सजिलै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नुहुन्छ । यसका लागि यहाँ क्लिक गर्नुहाेस् ।

यदि तपाइँ आईफोन प्रयोगकर्ता हुनुहुन्छ भने एप्पल स्टोरमा गएर ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नुहुन्छ । यसका लागि यहाँ क्लिक गर्नुहाेस् ।

यदि तपाई ल्यापटप वा डेस्कटपबाट यो सेवा लिन चाहनुहुन्छ भने मेराे डाक्टर डटकममा भिजिट गर्नुहा्ेस् । यदि माथि उल्लेखित कुनै पनि ग्याजेट तथा इन्टरनेट सुविधा तपाईंसँग उपलब्ध भएनन् भने आफूलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनिक तथा स्वास्थ्य चौकीमा पुगेर यो सेवा लिन सक्नुहुनेछ ।

मेरो डाक्टर एप कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा यो लिंक merodoctor.com/help ले तपाईंलाई थप मद्दत गर्नेछ । सेवाग्राहीकाे सजिलाेका लागि यो लिंकमा भिडियो म्यानुअल राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१