close

नेपाली बजारमा साओमीको फ्ल्यागशिप फोन मि ११ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

जेठ १४, २०७८ १२:१४

नेपाली बजारमा साओमीको फ्ल्यागशिप फोन मि ११ सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । साओमी मि ११ नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेकाे याे फाेन स्नापड्रागन ८८८ चिपसेट भएको विश्वकै पहिलो स्मार्टफोन हाे । मियूआई १२.५ ओएसमा चल्ने याे फाेन नेपाली बजारमा ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध भएकाे छ ।

फोनमा दुई वर्षको वारेन्टी तथा एक वर्षको वान टाइम स्क्रिन रिप्लेसमेन्टको सुविधा समेत उपलब्ध हुनेछ । साथै जून ३० अघि किन्ने ग्राहकले एक वर्षका लागि ब्रेकेज इन्स्याेरेन्सकाे सुविधा पाउनेछन् ।

याे फोनमा माइक्रो एसडीका लागि कुनै स्लट अनबोर्ड गरिएको छैन । यसको मतलव खरिद गरिसकेपछि यसमा थप स्टोरेजका लागि कुनै विकल्प हुने छैन ।

यस्ता छन् फिचर

साओमी मि ११ मा ६.८१ इन्च टुके डब्लूक्यूएचडी प्लस १४४० बाई ३२०० रेजोलुसन भएको डिस्प्ले राखिएको छ । जसको रिफ्रेश रेट १२० हर्ज तथा टच स्याम्पलिङ रेट ४८० हर्ज रहेको छ ।

फोनमा पिक ब्राइटनेस १५०० निट्स तथा प्राेटेक्सनका लागि कर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ । मि सिरिजमा फाइभजी सपोर्ट गर्ने क्वालकम स्नापड्रागन ८८८ चिपसेट राखिएको छ ।

फोनमा पावरका लागि ४६०० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसले ५५ वाट वायर्ड फास्ट चार्जिङ तथा ५० वाट वायरलेस फास्ट चार्जिङ र १० वाट रिभर्स चार्जिङ सपोर्ट गर्दछ ।

साओमी मि ११ हार्मन तथा कार्डन साउन्ड ट्युनिङका साथै स्टेरियो स्पिकर समेत राखिएको छ । यसमा पछाडि भागमा तीन वटा क्यामेराको सेटअप रहेको छ भने अगाडि भागमा सेल्फीका लागि सिंगल पञ्चहोल क्यामेरा दिइएको छ ।

यसको पछाडि भागमा एफ/१.८५ अपार्चर सहितको १०८ मेगापिक्सेलको प्राइमरी सेन्सर रहेको छ । जुन ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) युक्त रहेको छ ।

त्यससँगै फोनमा १३ मेगापिक्सेल अल्ट्रा वाइड एंगल लेन्स र पाँच मेगापिक्सेलको म्याक्रो सेन्सर लगाइएको छ । सेल्फीका पारखीहरुका लागि यसमा २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ ।

फोनमा टाइम फ्रिज, म्याजिक जुम, प्यारलल वर्ल्ड, फ्रिज फ्रेम आदि जस्ता एआई फिचर समेत रहेका छन् । इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र बिल्ट इन हार्ट रेट सेन्सर रहेको यो फोनमा एनएफसी तथा वाईफाई सिक्स ई सपोर्ट समेत रहेको छ ।

नेपाली बजारमा याे फाेनकाे मूल्य ८९,९९९ रूपैयाँ ताेकिएकाे छ ।

May be an image of phone, screen and text that says 'xIaOMI Mi 11 Movie Magic Cinematic 108MP SOUND Harman Kardon WQHD+ 120Hz display Qualcomm® Snapdragon™ 888 Rs.89,999 8GB 256GB Available in G ram Available Soon on Authorised Retail Stores. Get one time breakage insurance for one year. Valid on purchase till 30 June mi.com/np'

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१