close

सरकारी ईकमर्स कम्पनीबाट खाद्य सामग्री अर्डर गर्दा २० प्रतिशत छूट

टेकपाना टेकपाना

जेठ १५, २०७८ १६:४५

सरकारी ईकमर्स कम्पनीबाट खाद्य सामग्री अर्डर गर्दा २० प्रतिशत छूट

काठमाडौं । सरकारले साल्ट ट्रेडिङ तथा खाद्य तथा व्यापार कम्पनी लिमिटेडबाट बिक्री हुने चामल, दाल, चीनी लगायतका सामग्रीमा २० प्रतिशत छूट दिने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो छूट घोषणा गरेका हुन् ।

कम्पनीले काठमाडौं उपत्यका लगायतका स्थानमा महामारीका कारण जारी निषेधाज्ञाको समयमा समेत अनलाइन अर्डरमा खाद्य वस्तुको डेलिभरी गर्दै आएको छ । प्रतिनिधि सभा विघटन भएको हालको अवस्थामा अर्थमन्त्री पौडेलले सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच बजेट प्रस्तुत गरेका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३