close

स्टार्टअपलाई परियोजना धितोमा २५ लाखसम्मको कर्जा

टेकपाना टेकपाना

जेठ १५, २०७८ १६:४१

स्टार्टअपलाई परियोजना धितोमा २५ लाखसम्मको कर्जा

काठमाडौं । सरकारले स्टार्टअपलाई सहुलियत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् । 

उनका अनुसार स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्नका लागि यस्तो नीति ल्याइएको हो । प्रतिनिधि सभा विघटन भएको हालको अवस्थामा उनले सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच बजेट प्रस्तुत गरेका हुन् । अर्थमन्त्री पौडेलले परियोजना धितोमा स्टार्टअपलाई १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म बिऊ पूजी कर्जा उपलब्ध गराइने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३