close

साउन १ गतेदेखि अवैध मोबाइल नचल्ने

टेकपाना टेकपाना

जेठ १५, २०७८ १८:१९

साउन १ गतेदेखि अवैध मोबाइल नचल्ने

काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यससम्बन्धी जानकारी दिएका हुन् ।

एमडीएमएस सन्चालनमा आइसकेपछि अवैध रुपमा भित्रिएका मोबाइल नियन्त्रण गर्ने हुने विश्वास सरकारकाे छ । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन करिब ५ वर्षदेखि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३