close

मासु आपूर्ति गर्ने कम्पनी जेबीएसमा साइबर हमला, हजारौं कामदार प्रभावित

टेकपाना टेकपाना

जेठ १९, २०७८ १५:३७

मासु आपूर्ति गर्ने कम्पनी जेबीएसमा साइबर हमला, हजारौं कामदार प्रभावित

काठमाडौं । विश्वको सबैभन्दा ठूलो मासु सप्लायर्स तथा प्रोसेसिङ कम्पनी जेबीएस साइबर आक्रमणको सिकार बनेको छ । कम्प्युटर नेटवर्कलाई पूर्णरुपमा ध्वस्त पार्न गरिएको आक्रमणका कारण अस्ट्रेलिया, क्यानडा, अमेरिका लगायतका हजारौं कामदार प्रभावित भएका छन् ।

र्‍यान्समवयर अट्याकको रुपमा हेरिएको यो साइबर हमला रसियाका अपराधिक समूहद्धारा गरिएको हुनसक्ने अनुमान गरिएको छ । जसका कारण मासुको आपूर्ति असहज भएको छ ।

बजारमा मासुकाे अभाव सिर्जना हुँदा मूल्य क्रमिक रुपमा बढिरहेको जनाइएको छ । कम्प्युटर नेटर्वकमा हमला गरी फाइल डिलिट गरिदिने चेतावनी दिँदै र्‍यानसमवयरको मूल्य तिर्न आग्रह गरिएको जनाइएको छ ।

यो साइबर हमलाको अध्ययन अमेरिकी गुप्तचर संस्था एफबीआईले गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३