close

फाइभजी विरुद्ध बलिउड अभिनेत्री जुही चावलाको मुद्दा

टेकपाना टेकपाना

जेठ १९, २०७८ २१:४

फाइभजी विरुद्ध बलिउड अभिनेत्री जुही चावलाको मुद्दा

काठमाडौं । बलिउड अभिनेत्री जुही चावला फाइभजी प्रविधि विरुद्ध दिल्ली हाई कोर्ट पुगेकी छिन् । जुही चावलाको साथमा अन्य दुई निवेदक हिरेस मलिक र टिना वात्सानीले रिटमा फाइभजी स्वास्थ्यका लागि कति सुरक्षित छ भन्ने विषयमा जाँच गर्न सरकारलाई आदेश दिनुपर्ने मा गरेका छन् ।

उनीहरुले त्यस किसिमको जाँचमा कुनै पनि निजी कम्पनी वा व्यक्तिको प्रभाव हुन नहुने माग समेत राखेका छन् । करिब ५ हजार पृष्ठ लामो उक्त रिटमा सञ्चार विभाग, विज्ञान तथा इन्जिनियरिङ अनुसन्धान बोर्ड, इन्डियन मेडिकल रिसर्च काउन्सिल, केन्द्रीय प्रदुषण नियन्त्रण बोर्ड, केही विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनलाई विपक्षी बनाइएको छ ।

जुही चावला, हिरेस मलिक र टिना वात्सानीका वकिल दीपक घोसलाले यस्ता प्रविधिबाट गम्भीर खतरा रहेको बताए । ‘सरकारले यो प्रविधिबाट कुनै पनि खतरा नरहेको पुष्टी नगरेसम्मका लागि यसमाथि रोक लगाउनुपर्ने हाम्रो माग छ ।’ जुही चावला भारत बाहिर केप टाउन सहरमा छिन् ।

मोबाइल टावरको विकीरणको विषयलाई लिएर जुही चावलाको चिन्ता दश वर्ष अघि देखिकै हो । सन् २०११ को रिपोर्ट अनुसार मालावार हिल निवासी जुही चावला आफ्नो घरबाट ४० मिटर टाढा रहेको सहयाद्री गेस्टहाउसमा राखिएका १६ मोबाइल टावरबाट मानव स्वास्थ्यमा हुने असरलाई लिएर चिन्तित थिइन् ।

आईआईटी मुम्बईका एक अधिकारीले गरेको जाँचका क्रममा उनको घरको धेरै भाग कथित रुपमा असुरक्षित थियो । युट्युवमा रहेको एउटा प्रस्तुतिमा जुही चावलाले यति धेरै मोबाइल टावरका कारण कसरी उनको चिन्ता बढैको थियो भन्ने कुरा बताएकी छिन् ।

त्यसपछि उनले आफ्नो घरको आसपास विद्यमान रेडियसनको जाँच गराउने सोचिन् । जब उनले जाँच रिपोर्ट हेरिन्, त्यसपछि उनको चिन्ता अझ बढ्यो । फाइभजी नेटवर्क चीन, दक्षिण कोरिया, अमेरिका, युरोप जस्ता कयौं देशमा यस अघि देखि नै सञ्चालनमा छ ।

नेपालमा र भारतमा पनि फाइभजी परीक्षणको तयारी चलिरहेको छ । फाइभजीमा इन्टरनेट स्पिड निकै फास्ट हुन्छ । यसलाई दूरसञ्चार प्रविधिमा क्रान्तिकारी मानिएको छ । किन कि यसबाट टेलि सर्जरी, आर्टिफिसियल इन्टेलिजेन्स, ड्राइभर बिनाका कार जस्ता प्रविधिलाई थप विकसित तुल्याउन सहयोग पुग्नेछ ।

तर विश्वका कतिपय भागमा फाइभजीको आधारभूत सेवाका कारण रेडियो विकिरण उत्सर्जन बढ्ने चिन्ता छ । जसबाट क्यान्सर जस्ता रोग लाग्न सक्छन् । रिटमा फाइभजीबाट हुनसक्ने सम्भावित खतराको जिकिर गरिएको छ । त्यसमा बेल्जियमको हवाला दिइएको छ ।

जहाँ फाइभजीलाई लिएर विरोध जारी छ । रिटमा सन् २०१९ मा त्यहाँकी वातावरण मन्त्री सेलिन फ्रेमाले गरेको दाबीलाई समेत आधार बनाइएको छ । त्यसक्रममा उनले भनेकी थिइन्, ‘म यस्ता प्रविधिको स्वागत गर्न सक्दिनँ, जसबाट नागरिकको सुरक्षा गर्ने विकीरण मापदण्डको सम्मान हुन सक्दैन ।

चाहे त्यो फाइभजी होस् वा नहोस् । ब्रसेल्सका जनताहरु गिनी पिग होइनन्, जसको स्वास्थ्यलाई हामी मुनाफाका लागि बिक्री गरिदिउँ ।’ रिटमा दाबी गरिएको छ कि मोबाइल सेवाप्रदायकहरु एकतर्फ खतरनाक स्तरमा सेलटावर राखिरहेका छन्, ता कि कनेक्टिभिटी उच्चस्तरको बनाउन सकियोस् ।

पाँच हजारभन्दा धेरै यस्ता वैज्ञानिक शोधहरु छन्, जसले कतिथ रुपमा बताइरहेका छन् कि नेटवर्क प्रदायकको यो लडाइमा मानिसहरु मृत्युको शिकार भइरहेका छन् । रिटमा भनिएको छ, ‘यदि नेटवर्क प्रदायकको फाइभजीको योजना कामयाव भयो भने, कुनै पनि व्यक्ति, जनावर वा बनस्पती हरेक क्षण आउने रेडियसनबाट जोगिन सक्नेछैनन् र यस्तो विकिरणको स्तर अहिलेभन्दा १० देखि १०० गुणा बढी हुनेछ ।’

आखिर फाइभजी यति भिन्न किन छ ? अन्य सेलुलर प्रविधि सरह फाइभजी नेटवर्क रेडियो वेभमा आधारित सिग्नलमा निर्भर हुन्छ, जुन एन्टेना र फोनबीच प्रसारित हुने गर्दछ । चाहे टिभी सिग्नल होस् वा रेडियो सिग्नल, हाम्रा चारैतिर इलेक्ट्रोम्याग्नेटिक रेडियसन छन् । फाइभजीले पुराना प्रविधिको तुलनामा धेरै रेडियो फ्रिक्वेन्सी वेभको प्रयोग गर्दछ ।

जसबाट धेरै मोबाइलमा एकसाथ इन्टरनेट सेवा उपलब्ध हुन्छ । साथै इन्टरनेटको स्पिड समेत निकै तीव्र हुने गर्दछ । फाइभजीका लागि पुराना प्रविधिको तुलनामा धेरै ट्रान्समिटरको आवश्यकता पर्दछ । जो जमिनको नजिक रहने गर्दछन् । सन् २०१४ मा विश्व स्वास्थ्य संगठनले आजसम्म मोबाइल फोनका कारण स्वास्थ्यमा कुनै पनि प्रकारको प्रतिकूल असर नदेखिएको बताएको थियो ।

तर इन्टरनेसनल एजेन्सी फर रिसर्चले मोबाइल फोनबाट उत्पन्न हुने इलेक्ट्रो म्याग्नेटिक फिल्ड्सलाई मानवका लागि सम्भावित क्यान्सर उत्पन्न गराउनसक्ने मानेको छ । विश्व स्वास्थ्य संगठनकै एक अर्को प्रतिवेदन अनुसार मोबाइल फोनबाट उत्पन्न हुने इलेक्ट्रो म्याग्नेटिक फिल्ड्सबाट निश्चित रुपमा क्यान्सर हुन्छ वा हुँदैन भन्ने विषयमा पर्याप्त प्रमाण नरहेको उल्लेख गरेको छ ।

अमेरिकी सरकारको सन् २०१८ को एउटा प्रतिवेदनमा रेडियो फ्रिक्वेन्सी रेडियसनको बढी उत्सर्जनबाट मुसाको मुटुमा एक प्रकारको क्यान्सर जस्तो ट्युमर उत्पन्न भएको उल्लेख छ । उक्त शोधका लागि मुसाको शरीरमा दुई वर्षसम्म मोबाइल फोनको विकीरण उत्सर्जन गरिएको थियो । त्यसक्रममा हरेक दिन नौ घण्टा उक्त मुसामाथि रेडियसन उत्सर्जन गराइएको थियो ।

शोध कार्यमा संलग्न एक वैज्ञानिकले लेखेका छन्, ‘मोबाइल फोनको रेडियसन जुन मुसाले सहनुपर्‍यो, त्यो कुनै पनि मानवको अनुभवबाट टाढा छ, त्यसैले यो शोधको असर तपाईंको जीवनमा पर्नु हुँदैन ।’ के मोबाइल फोन स्वास्थ्यका लागि साच्चिकै खतरनाक छन् ?

यस विषयमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनको रिपोर्ट भन्छ, ‘अहिलेसम्म त्यस्तो कुनै प्रमाण फेला परेको छैन कि यसबाट मानवमा क्यान्सरको खतरा हुन्छ ।’ फाइभजी प्रविधिका लागि कयौं नयाँ बेस स्टेसनको आवश्यकता पर्दछ, ता कि मोबाइल सिग्नललाई पठाउन र प्राप्त गर्न सकियोस् ।

तर धेरै स्टेसनको अर्थ तिनीहरु फोरजीको तुलनामा न्यून विद्युतमा चल्न सक्छन् । यसको अर्थ यो हुन्छ कि फाइभजी एन्टेनाबाट निस्किने विकिरणको स्तर कम हुन्छ । जहाँसम्म रेडियसनबाट उत्पन्न हुने गर्मीको कुरा छ, इन्टरनेसनल कमिसन अन आयोजनाइजिङ रेडियसन प्रोटेक्सनका प्रोफेसर रड्नी क्रफले फाइभजीबाट निस्किने रेडियसनको स्तरले गर्मी नबढाउने बताएका छन् ।

एजेन्सी ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३