close

बिटक्वाइनसँग एलन मस्कको ब्रेकअप !

टेकपाना टेकपाना

जेठ २१, २०७८ १२:४५

बिटक्वाइनसँग एलन मस्कको ब्रेकअप !

काठमाडौं । पछिल्ला केही महिना क्रिप्टोकरेन्सी बजारमा उतारचढाव आइरहेको छ । यसका पछाडि कतै न कतै टेस्लाका सीईओ एलन मस्क जोडिने गरेका छन् । उनको पछिल्लो ट्वीटका कारण विश्वकै लोकप्रिय क्रिप्टोकरेन्सीका रूपमा स्थापित बिटक्वाइनको बजार मूल्य फेरि ओरालो लागेको छ ।

हालै उनले क्रिप्टोकरेन्सीसँग ‘ब्रेकअप’ गरेको संकेत गर्दै एउटा ट्वीट गरे । याे ट्वीटपछि शुक्रबार बिटक्वाइनको बजार मूल्य झण्डै साढे ५ प्रतिशतले घटेको छ । उनले ब्राेकन हार्ट इमाेजी सहित लिंकिन पार्करकाे लाेकप्रिय गीत ‘इन द इन्ड’ काे सन्दर्भ उल्लेख गरेर शुक्रबार ट्वीट गरेका थिए ।

याे ट्वीटपछि बिटक्वाइनकाे भाउ लगातार घटिरहेकाे छ । ब्लमबर्गकाे पछिल्लाे समाचारअनुसार ५.४ प्रतिशतले बिटक्वाइनकाे बजार मूल्य घट्दै ३६,९८० डलर कायम भएकाे छ ।

यसअघि एलन मस्कले टेस्लाका गाडी बिटक्वाइनबाटै खरिद गर्न मिल्ने घाेषणा गर्दा लगातार यसकाे भाउ बढी ६५ हजार डलरसम्म पुगेकाे थियाे । केही समयमै उनले टेस्लामा बिटक्वाइन अस्वीकार हुने घाेषणा गरेपछि यसकाे मूल्य २८ हजार डलरसम्म घटेकाे थियाे ।

मस्कले अघि सारेको ‘ग्रिन’ माइनिङ सोलुसनकाे प्रस्ताव र अर्बपति रे डेलियोले बिटक्वाइनमा लगानी गरेपछि करिब दुई सातादेखि यसको बजार मूल्यमा केही सुधार देखिन थालेको थियाे ।

वास्तवमा मस्कका ट्वीटकै कारण पछिल्ला महिनामा क्रिप्टाेकरेन्सी बजारमा उतारचढाव आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३