close

क्लबहाउसको एन्ड्रोइड भसर्नमा अब इन्स्टाग्राम र ट्वीटर अकाउन्ट लिंक गर्न सकिने

टेकपाना टेकपाना

जेठ २१, २०७८ १७:२९

क्लबहाउसको एन्ड्रोइड भसर्नमा अब इन्स्टाग्राम र ट्वीटर अकाउन्ट लिंक गर्न सकिने

काठमाडौं । अडियो प्लेटफर्म क्लबहाउस एन्ड्रोइडमा उपलब्ध भएको एक महिना पुरा हुन लागेको छ । यो अवधिमा क्लबहाउस एन्ड्रोइडमा २० लाखभन्दा बढी डाउनलोड भइसकेको छ । सुरुवातमा आईओएसमा मात्रै उपलब्ध क्लबहाउस एन्ड्राेइडमा उपलब्ध भएसँगै थप चर्चा बटुल्न सफल भएकाे छ ।

एन्ड्रोइड भसर्नमा उपलब्ध भएतापनि अझै यसमा आईओएसमा जस्ताे सबै फिचर समावेश छैन । यस्तोमा कम्पनीले समय-समयमा नयाँ फिचर थप गर्दै आएको छ । यही क्रममा कम्पनीले आईओएस प्रयोगकर्तामाझ लोकप्रिय फिचर एन्ड्रोइड प्रयोगकर्तालाई पनि उपलब्ध गराएको छ ।

नयाँ फिचरको रुपमा कम्पनीले एन्ड्रोइड प्रयोगकर्तालाई आफ्नो इन्स्टाग्राम तथा ट्वीटर अकाउन्ट लिंक गर्न मिल्ने भएको छ । यसको अर्थ अब एन्ड्रोइड प्रयोगकर्ताले क्लबहाउसमा आफ्नो इन्स्टाग्राम र ट्वीटरको लोगो सहितको युजर नेम राख्न सक्नेछन् ।

यसका लागि तपाईंले क्लबहाउसको आफ्नो प्रोफाइलमा जानुहोस् । त्यहाँ गएर ‘एड ट्वीटर’ र ‘एड इन्स्टाग्राम’ मा क्लिक गरी आफ्नो अकाउन्ट लिंक गर्न सकिने छ । यसको उद्देश्य क्लबहाउस प्रयोगकर्ताले इन्स्टाग्राम तथा ट्वीटरमार्फत तपाईंलाई चिन्न मद्दत पुगोस भन्ने हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३