close

बिटक्वाइनलाई वैधानिक मुद्रा बनाउँदै एल साल्भाडोर

टेकपाना टेकपाना

जेठ २३, २०७८ १०:७

बिटक्वाइनलाई वैधानिक मुद्रा बनाउँदै एल साल्भाडोर

काठमाडौं । एल साल्भाडोरले बिटक्वाइनलाई वैधानिक मुद्रा बनाउने तयारी गरेकाे छ । त्यहाँका राष्ट्रपति नाइब बुकेलेले बिटक्वाइनलाई वैधानिक मुद्रा (लिगल टेन्डर) बनाउन अर्को हप्ता कांग्रेसमा विधेयक पेश गर्ने घाेषणा गरेका छन् ।

यदि याे विधेयक पारित भयाे भने एल साल्वाडोर बिटक्वाइनलाई वैधानिक मुद्रा बनाउने पहिलाे देश बन्नेछ । राष्ट्रपति बुकेलेले डिजिटल वालेट कम्पनी स्ट्राइकसँग बिटकोइन प्रविधि प्रयोग गरेर देशको आधुनिक वित्तीय पूर्वाधार निर्माण गर्न डिजिटल वालेट कम्पनी स्ट्राइकसँग साझेदारी गरेकाे घाेषणा गरेका छन् ।

‘अर्को हप्ता म कंग्रेसमा एक बिल पठाउने छु, जसले बिटकइनलाई कानूनी टेन्डर बनाउनेछ,’ बुकेलेले भनेका छन् ।

एल साल्भाडोरमा हालसम्म क्यास इकाेनाेमी नै बढी प्रचलनमा छ । त्यहाँका ७० प्रतिशत मानिसहरूसँग बैंक खाता र क्रेडिट छैन ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३