close

वान एक्सबेटको विज्ञापनमाथि रोक, प्रमोसनल भिडियो समेत हटाउन निर्देशन

टेकपाना टेकपाना

जेठ २३, २०७८ २०:२

वान एक्सबेटको विज्ञापनमाथि रोक, प्रमोसनल भिडियो समेत हटाउन निर्देशन

काठमाडौं । सरकारले विभिन्न डिजिटल प्लेटफर्ममार्फत जुवामा लगानी गर्न सकिने वान एक्स बेटको विज्ञापनमाथि रोक लगाएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको विज्ञापन बोर्डले त्यस्तो विज्ञापन गैरकानूनी रहेको भन्दै त्यसमाथि रोक लगाएको हो ।

बोर्डका अनुसार यस्ता कार्यहरु विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ५ को उपदफा १ को खण्ड ख को व्यवस्था विपरितको कार्य हुन् ।’यस किसिमका गतिविधिहरु बन्द गर्न, त्यस्ता विज्ञापन तथा प्रमोसनल भिडियोहरु डिजिटल प्लेटफर्मबाट हटाउन सूचित गरिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा कानून बमोजिम कारबाही हुने व्यहोरा सबैको जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’

केही युट्युबरले आफ्नो भिडियोमा वान एक्स बेटको प्रमोसन गर्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३