close

ह्याप्पी बर्थ डे टिम बर्नर्स ली !

टेकपाना टेकपाना

जेठ २५, २०७८ २१:२३

ह्याप्पी बर्थ डे टिम बर्नर्स ली !

काठमाडौं । वर्ल्ड वाइड वेबका आविष्कारक टिम बर्नर्स लिको जन्म ८ जुन १९५५ का दिन इङ्ग्ल्याण्डमा भएको थियो । उनले आज ६६ औ जन्म दिन मनाइरहेका छन् । सूचनालाई एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा सजिलै पठाउन सकिन सकिने जिम्मेवारी टिम बर्नर्स लीको टिमले पाएको थियो ।

उनी यस्तो उपायको खोजीमा जुटे जसबाट सूचना एकै स्थानमा रहेको भान होस् । यसैको समाधान सोच्दा सोच्दै उनले वेब प्रविधिको आविष्कार गरे र ६ अगस्ट १९९१ मा विश्वकै पहिलो वेब पेज तयार भयो । निसन्देह यो प्रविधि २१ औं शताब्दीको सबैभन्दा लोकप्रिय सम्पर्क साधन बनेको छ । तपाईंले यो समाचार पनि यही प्रविधिका कारणले पढ्दै हुनुहुन्छ ।

टिम बर्नर्स लीका बुबा आमा दुवै गणितज्ञ थिए । उनलाई हरेक स्थानमा, यतिसम्म कि खाना खाने बेलामा समेत गणितकै बारेमा सुन्नुपर्ने हुन्थ्यो । टिमले अक्सफोर्ड विश्वविद्यालयको क्विज कलेजबाट आफ्नो उच्च शिक्षा पुरा गरे ।

विश्वविद्यालयमा उनलाई आफ्नो साथीलाई ह्याक गर्दै गरेको अवस्थामा समातिएको थियो । जसका कारण उनलाई विश्वविद्यालयको कम्प्युटर प्रयोग गर्न निषेध गरियो । सन् १९७६ मा उनले त्यहाँबाट भौतिकशास्त्रमा डिग्री हासिल गरेका थिए ।

टिमले सन् १९८९ मा सर्न पार्टिकल रिसर्च ल्याबमा काम गर्दा वेबलाई बुझेका थिए । तर महामारीको लामो समयमा यसले एउटा लाइफ लाइन बनेर हाम्रो दैनिकी र जीवनशैलीलाई निरन्तरता दिन सहयोग गरेको उनी बताउँछन् । 

तर अझै पनि एक तिहाई युवाहरुसँग इन्टरनेटको पहुँच नभएको र घरमा बसी बसी काम गर्न र अध्ययन गर्न गुणस्तरीय इन्टरनेट कनेक्सनको कमी भएको उनी बताउँछन् ।  बीबीसीसँगको एउटा अन्तरवार्तामा कुरा गर्दै उनले वेब शक्तिशाली बनेको तर हुने खाने र हुँदा खानेबीचको डिलिटल डिभाइड (विभेद) को खाँडल झनै फराकिलो बनेको बताएका थिए । 

उनले डिजिटल डिभाइस विकाशिल मुलुकमा मात्र नभएर बेलायत जस्तो देशमा पनि रहिरहेको बताएका छन् । साथै उनले पत्रमा सन् २०३० सम्म इन्टरनेटको युनिभर्सनल ब्रोडब्याण्ड उपलब्ध गराउन सरकार तथा निजी क्षेत्रहरुले करिब ४२८ अर्ब डलर लगानी गर्नुपर्नेमा जोड समेत दिएका छन् ।  

कम्प्युटर वैज्ञानिक सर टिमले अप्टिकल फाइबर ब्रोडब्याण्ड र मोबाइल कनेक्सनलाई जोडतोडका साथ ग्रामीण क्षेत्रमा विस्तार गर्न समेत आग्रह गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१