close

आउँदो महिना अन्तरिक्ष यात्रामा जाँदै जेफ बेजोस

टेकपाना टेकपाना

जेठ २६, २०७८ ८:३

आउँदो महिना अन्तरिक्ष यात्रामा जाँदै जेफ बेजोस

काठमाडौं । विश्वका सर्वाधिक धनी व्यक्ति, अमेजनका संस्थापक एवं स्पेस कम्पनी ब्ल्यु ओरिजिनका मालिक जेफ बेजाेस अन्तरिक्ष यात्रामा जाने भएका छन् । ब्ल्यु ओरिजिनले आगामी २० जुलाईमा न्यू सेपहार्ड रकेट र क्यापस्युल सिस्टमलाई क्रु मेम्बरसहित अन्तरिक्षमा प्रक्षेपण गर्दैछ, जसमा बेजाेस पनि सामेल हुने भएका हुन् ।

सोमबार इन्स्टाग्राममा पोस्ट गर्दै उनले आफू पाँच वर्षको हुँदादेखि नै अन्तरिक्षमा यात्रा गरेको सपना देख्ने र जुलाई २० मा आफ्नो भाइ मार्क बेजाेससँगै अन्तरिक्ष यात्रामा निस्कने जानकारी दिए । हालै अमेजनको सीईओ पदबाट राजीनामा दिने घोषणा गरेका बेजोसले अन्तरिक्षको यात्रामा जाने याेजना बनाएका हुन् ।

न्यू सेपहार्डको उडान सब अर्बिट (यो एक किसिमको अन्तरिक्ष उडान हो, जहाँ यान बाहिर स्पेसमा पुग्नेछ) हुनेछ । यसले यात्रीहरुलाई स्ट्रेट अप एण्ड डाउन ट्रिपमा लिएर जानेछ, जुन सय किलोमिटर माथिसम्म पुग्नेछ ।

यसलाई कर्मान लाइन पनि भनिन्छ, जसलाई अन्तरिक्षको सुरुवाती पोइन्टको रुपमा अन्तराष्ट्रिय सम्झौताअन्तर्गत डिजाइन गरिएको हो ।

हालसम्म कर्मान लाइनभन्दा माथि ५६९ जना मानिसहरुमात्र पुगेका छन् । तर न्यू सेपहार्डको मद्दतले यो संख्यामा नाटकीय परिवर्तन ल्याइदिने ब्ल्यु ओरिजिनका अस्ट्रोनट सेल्सकी निर्देशक एराइने कोर्नेलले बताएकी छिन् ।

ब्ल्यु ओरिजिनको पछिल्लो घोषणाले १२ वर्षको ग्यापपछि अन्तरिक्ष पर्यटनको क्षेत्र पुन: सुरु हुन लागेको संकेत दिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१