close

गुगल म्यासेजमा अब इन्ड-टु-इन्ड इन्क्रिप्सन

टेकपाना टेकपाना

असार २, २०७८ २०:१२

गुगल म्यासेजमा अब इन्ड-टु-इन्ड इन्क्रिप्सन

काठमाडौं । सन् २०२० को नोभेम्बरमा गुगलले गुगल म्यासेजमा ‘इन्ड–टु–इन्ड इन्क्रिप्सन’ सेवा उपलब्ध गराउने जनाएको थियाे । एन्ड्रोइड भर्सनका लागि उक्त फिचर पहिलो चरणमा बेटा भर्सनमा मात्रै उपलब्ध गराइएको थियो ।

अब भने कम्पनीले उक्त फिचर विस्तारै सबै प्रयोगकर्तामाझ उपलब्ध गराउन थालेको छ । योसँगै गुगल म्यासेज अझ बढी सुरक्षित भएको छ । याे फिचर उपलब्ध भएसँगै गुगल म्यासेजमार्फत आदानप्रदान हुने म्यासेज गुगलका साथै अन्य कुनै पनि थर्ड पार्टीले पढ्न र हेर्नसक्ने छैनन् ।

Google-message-techpana

यसका लागि गुगलले सिग्नल प्रोटोकल प्रयोगमा ल्याएको जनाइएको छ । कम्पनीका अनुसार ‘इन्ड–टु–इन्ड इन्क्रिप्सन’ फिचरका लागि दुवै प्रयोगकर्ताबीच च्याट फिचर उपलब्ध भएको खण्डमा मात्रै लागू हुनेछ । यसको अर्थ दुवैतिर इन्टरनेट भएको खण्डमा हुने म्यासेज आदानप्रदानमा यो सेवा लागू हुनेछ ।

यसको अर्थ यो फिचर तपाईंले पठाउने एसएमएस, एमएमएस, ग्रुप म्यासेजिङमा भने लागू हुने छैन । त्योभन्दा बाहेक हुने अनलाइन म्यासेजको बखतमा भने अब ‘इन्ड–टु–इन्ड इन्क्रिप्सन’ लागू हुनेछ ।

यसरी गुगल म्यासेजबाट म्यासेज पठाउँदा अब तपाईंले पठाएको म्यासेजको तल ‘लक’ सिग्नल देखिनेछ । जसको अर्थ तपाईंको म्यासेज सुरक्षित छ भन्ने हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१